चरी छुटाउन एमालेको दबाब

एमाले नेताहरूको दबाबमा पटकपटक प्रहरी अनुसन्धानबाट जोगिँदै आएका गुन्डानाइके भनेर चिनिने दिनेश अधिाकारी …चरी’लाई बचाउन पुनः एमाले नेताहरू प्रहरीलाई दबाब दिन सक्रिय भएका आजको नागरिकमा खबर छ।

हतियार र हत्या प्रयास आरोपको अनुसन्धानका लागि महानगरिय प्रहरी परिसर काठमाडौंले चरीलाई शनिबार नियन्त्रणमा लिएपछि उनलाई कारबाही नगर्न एमालेका केन्द्रिय तहका नेतासहितको समूहले प्रहरीलाई दबाब दिएको हो।
शनिबार बेलुका एमाले पोलिटब्यूरो सदस्य राजेन्द्र पाण्डे, युवा संघ नेपालको अध्यक्ष महेश बस्नेत लगायतकाले चरीलाई कारबाहीबाट मुक्त गराउन प्रहरीलाई दबाब दिएका थिए। प्रहरीलाई दबाब दिन शनिबार बेलुका महानगरिय प्रहरी परिसर काठमाडौंको गेटमा धर्ना दिए पनि प्रहरीले रिहा गर्न नसक्ने बताएपछि उनीहरूले ‘घाउँ आलै रहेकाले अस्पताल पठाऊ’ भन्दै चरीलाई वीर अस्पताल लगे।

– See more at: http://setopati.com/chapa-bata/2769/#sthash.TwpMJ9gL.dpuf

कमेन्टहरु
Loading...