कीर्तिपुर अस्पतालमा तोडफोड आकस्मिकबाहेक सबै सेवा बन्द

कीर्तिपुर नगरपालिकामा रहेको एक मात्र अस्पताल कीर्तिपुर अस्पतालमा स्थानीयवासीहरूले तोडफोड गरेका छन् । बच्चाको मृत्युको विषयलाई लिएर स्थानीयवासीहरूले अस्पतालमा तोडफोड गरेका हुन् । बच्चाको नाम नराखिएको र अस्पतालको रेकर्डमा बेबी अफ सीता महर्जन नाममा रजिस्टर बच्चाको बालमैत्री अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । नाम नबताउने सर्तमा अस्पतालका एक कर्मचारीले पाँच महिनाअगाडि कीर्तिपुर अस्पतालमा जन्मिएको बच्चालाई पुनः एक महिनापछि बिरामी हालतमा उपचार गराइको जानकारी दिए । आजको राजधानी दैनिकमा खबर छ ।

 ‘गत ४ साउनमा बिरामी बच्चालाई इमर्जेन्सीमा भर्ना गरिएको र स्वास्थ्यमा सुधार भएपछि ७ दिनका लागि औषधि दिएर घर पठाएको थियौ,’ उनले जानकारी दिए । पुनः अभिभावकहरूले कान्ति अस्पतालमा बच्चा भर्ना गरेको र कान्ति अस्पताले बालमैत्री अस्पतालमा रिफर गरेको कीर्तिपुर अस्पतालका एक कर्मचारीले जानकारी दिए । बच्चाको मृत्युपछि आक्रोशित बासिन्दाहरूले समयमा अन्य अस्पतालमा रिफर नगराएको र क्षतिपूर्तिको माग गर्दै अस्पतालमा तोडफोड गरी सिसाहरू फुटाएका छन् । यसैबीच, अस्पतालले आकस्मिकबाहेक सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेको जानकारी दिएको छ ।
स्रोतका अनुसार अस्पतालका डिपुटी डाइरेक्टर तहबाट स्थानीय बासिन्दाहरूलाई पटक–पटक वार्तामा बोलाउँदा पनि वार्तामा नआएको, भर्खर मात्र निर्माण गरिएको भवनमा क्षति पुर्‍याएको जनाइएको छ । अस्पतालमा करिब ४ लाखको क्षति भएको अस्पतालले जानकारी दिएको छ ।

– See more at: http://setopati.com/chapa-bata/2770/#sthash.xYnpaOqA.dpuf

कमेन्टहरु
Loading...