अखण्ड युवा मञ्च नेपाल गठन

पोखरा, १३ साउन/अखण्ड नेपाल पार्टीको भातृ संगठनको रुपमा ‘अखण्ड युृवा मञ्च नेपाल’ गठन गरिएको छ । देशै भरीका युवाहरुको पोखरामा भएको भेलाले अखण्ड युवा मञ्च नेपाल गठन गरेको हो । भेलाले हिमाल खड्काको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन गरेको छ । मञ्चको वरिष्ठ उपाध्यक्षमा हरी थापा, महिला उपाध्यक्षमा दया बराल, सचिवमा द्वरीका कार्की र कोषाध्यक्षमा भेषबहादुर अधिकार रहेका छन् ।
अखण्ड नेपाल पार्टीका केन्द्रिय अध्यक्ष कुमार खड्का प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा देशैभरका दुई सय जना युवाहरुको सहभागीता रहेको थियो । भेलामा मञ्चको नवनिर्वाचित अध्यक्ष हिमाल खड्काले राष्ट्रिय अखण्डता खतरामा परेकाले युवा मञ्चको गठन गरिएको बताए । उनले संविधान बनाउन गएकाहरुले अर्व रुपैया“ खर्चिएर पनि जनताको संविधान बनाउन नसकेकाले आगामी चुनावमा अखण्ड नेपालले जितेर जनतालाई नया“ संविधान दिने बताए । ‘समयको माग अनुरुप अखण्ड पार्टीको गठन गरिएको हो, उनले भने–‘ हामीले देशलाई राजनैतिक अनिर्णयको बन्दीवाट मुक्त बनाउनुपर्छ ।’ ठूला राजनैतिक दलले देशलाई निदलीयताको मार्गमा सफाएको बताउदै उनले आउ“दो चुनावमा अखण्ड नेपाल पार्टीलाई विजयी बनाउन आग्रह गरे ।
अखण्ड नेपाल पार्टीका वरिष्ठ उपाध्यक्ष चतुराखर अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा हरीवहाुदर थापा, मिरा आचार्य, खीमवहादुर शाही, प्रमीला कु“वर, भीमराज रेग्मी र पार्टीका केन्द्रिय कोषाध्यक्ष केशवहादृुर केसीले बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिवालय सदस्य भरतवहादुर वस्नेतले गरेका थिए ।

कमेन्टहरु
Loading...