ओख्लेडाँडा माविमा नेबिसंघ विस्तार

पोखरा, १३ साउन/नेपाल विद्यार्थी संघ कास्कीको आसन्न जिल्ला अधिवेशनको संघार र संगठन विस्तार अभियान अन्र्तगत ओख्लेडाँडा मावी भुम्दीकोटमा शुक्रबार प्रेमी बिकको सभापतित्वमा ४१ सदस्यीय नेविसंघ इकाई गठन गरिएको छ । समितिको उपसभापतिमा निर्मला विक , सचिवमा रेशम भुजेल , कोषाध्यक्षमा सुनिल विक , सह–सचिवमा राजु पौडेल सदस्यहरुमा चुडामणी श्रेष्ठ, सुजिता गुरुङ्, सुजन थापा, पराजिता तामाङ, जयन्ती सुवेदी, मेलिना पौडेल , सुस्मिता पौडेल लगायतका रहेका छन् । कार्यक्रममा नेबिसंघ कास्कीका सभापति कल्याणबाबु भण्डारीले विद्यार्थीहरु सधै शैक्षिक प्रगतिसँगै राजनीतिक अग्रगतितर्फ लाग्नुपर्ने बताए ।
उनले जिल्ला अधिवेसनको तयारीमा आफु जुटिसकेको र सबै क्षेत्र र क्याम्पस इकाई भदौ १० गतेसम्म गर्ने बताउँदै भदौ १५ गते जिल्ला अधिवेसन गर्न औपचारिकरुपमा मिति सार्वजनिक गर्ने जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन डिलकाजी गुरुङ् र विद्यालयका प्रधानध्यापक मधु बरालले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नेबिसंघका जिल्ला सदस्यहरु खुसिराम बराल, विनोद मरासिनी , गणेश अधिकारी, विशाल बराललगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सभापतित्व क्षेत्र नं ४ का सभापति शुशिल पौडेलले गरेका थिए ।

कमेन्टहरु
Loading...