नेपालमा पुष्प ब्यबशायी बढ्न सकेनन्, पोखरामा ५ बिस्थापित

गोकुल बानियाँ
पोखरा, १२ साउन /पुष्प ब्यबशायीको संख्या बढ्न नसक्दा नेपाल फुलमा आत्मानिर्भर हुन सकेको छैन । पछिल्लो ५ बर्ष यता यस क्षेत्रमा ६० जना नया ब्यबशायी मात्रै छिरेका छन् । संभाबना राम्रो भएपनि लगानी असुरक्षाको कारण नया ब्यबशायी थपिन नसकेको नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।नेपालमा अहिले ५ सय ६० जना पुष्प ब्यबशायी रहेको एसोसिएसनको तथ्याङक छ । ५ बर्ष अघि ५ सय ब्यबशायी रहेकोमा पछिल्लो समय ब्यबशायीको संख्या बढ्न नसकेको एसोसिएसनका अध्यक्ष लोकनाथ गैरेले बताए ।
गएको एक बर्षमा पोखराका ५ जना पुष्प ब्यबशायी बिस्थापित भएका छन् । ३० ओटा नर्सरी रहेको पोखरामा अहिले २५ ओटा मात्र फुलवारी नर्सरी छ । फुलको माग बार्षिक १० देखि १५ प्रतिशतले बढ्दै गएपनि सोहि अनुपातमा उत्पादन नहुदा बढी माग हुने समयमा बिदेशी फुल भित्र्याउनुपर्ने बाध्यता छ ।
प्राबिधिक ज्ञानको अभाबले पनि यसले ब्यबशायिकता पाउन नसकेको ब्यबशायीहरु बताउछन् । अधिकांश फुलवारी नर्सरी शहर केन्द्रित रहेकाले स्थान अभाबको कारण यसलाई बिस्तार गर्न समस्या परेको बताईएको छ । ग्रामिण क्षेत्रमा लगानीको सुरक्षा नहुनु र शहरी क्षेत्रका जमिन खुम्चदै जादा भएका ब्यबशायीले नर्सरी बिस्तार गर्न नसकेको एसोसिएसनले बताएको छ । नेपालको पुष्प ब्यबशायमा कुल ४ अर्बको लगानी छ ।
बिशेष गरी तिहारको लागि आबश्यक फुल उत्पादन गर्न नसक्दा अझैपनि बिदेशी फुलको प्रयोग गरिरहनुपरेको एसोसिएसन कास्कीका अध्यक्ष दया कुमार द्धा ले बताएका छन् । उनका अनुसार पोखराको उत्पादनले यस क्षेत्रको माग २५ प्रतिशत मात्र धान्न सक्छ ।
यसैबिच एसोसिएसन कास्कीको पाचौ साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष सञ्जिब बहादुर कोईरालाले पुष्प ब्यबशायलाई अझै ब्यबशायिक बनाउन आबश्यक रहेको बताए । यस क्षेत्रमा संभाबना प्रशस्त भएकाले नया लगानीकर्तालाई भित्र्याउनुपर्ने उनले बताए । एसोसिएसन कास्कीका अध्यक्ष दया कुमार द्धा को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बसन्त बानिया, सचिब सन्तोष पौडेल, कृषी बिकास कार्यलयका अधिकृत गंगादत्त आचार्य लगायतले पुष्प ब्यबशायको महत्व र समस्या बारे बोलेका थिए ।
 

कमेन्टहरु
Loading...