अखण्ड नेपाल लेखनाथ–८ को वडा अधिवेशन

पोखरा १२ साउन/अखण्ड नेपाल पार्टी कास्की लेखनाथ–८ को प्रथम वडा अधिवेशन शनिबार लेखनाथमा सम्पन्न भएको छ । अधिवेशनले शालिग्राम गौतमको अध्यक्षतामा पछि ३ सदस्य थप गर्ने गरी १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्बत चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा बयान बहादुर तिमिल्सिना, महिला उपाध्यक्षमा शान्ति पौडेल, सचिवमा गंगाराम तिमिल्सना, कोषाध्यक्षमा अप्सरा कोइराला, र सह–सचिवमा राजेन्द्र अर्याल लाई चयन गरकोे छ ।
त्यस्तै सदस्यहरुमा क्रमशः कासीराम शर्मा भट्टराई, महाप्रसाद घिमिरे, बहादुर वि.क, बोधराज गौतम, प्रेम बहादुर खड्का र रामजी ढकाललाई चयन गरेको छ । यसअघि पार्टीका कास्की जिल्ला बरिष्ठ उपाध्यक्ष बालकृष्ण सुबेदीको अध्यक्षतामा भएको कार्यक्रमको उद्धघाटन गर्दै प्रमुुख अतिथि पार्टीका केन्द्रीय सदस्य डिल्लिरमण बास्तोलाले राष्ट्रलाई संकट परेका बेला राष्ट्रियता जोगाउनका लागि नेपाल हाम्रो हो भन्ने भावना लिई १२३ नै भाषा–भाषि, जाति–जनजाति एकजुट भई राष्ट्रिय अखण्डताको रक्षाको लागि र जातिय सद्भाव कायम गर्नका लागि १२६ जाती हरु नै एकताबद्ध भई लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमा क्षत्री समाज नेपाल लेखनाथ नगर समितिका अध्यक्ष इन्द्र बहादुर थापा, पार्टिका जिल्ला सदस्य मिन बहादुर के.सी, गणेश बहादुर खत्री, कृष्ण मोहन पौडेल लगायतले अखण्ड नेपाल पार्टीको आवश्यकता र औचित्यता माथि आ–आफ्नो धारणा राख्नुभएको थियो भने नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि बास्तोलाले सफत ग्रहण गराउनुभएको थियो । कार्यक्रम लगत्तै बसेको नव निर्वाचित वडा कार्यसमितिको् बैठकले राम प्रसाद तिमिल्सना र अर्जुन बञ्जरालाई सल्लाकारमा मनोनयन गरेको पार्टीका जिल्ला उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख अर्जुन बहादुर बस्नेतले जानकारी दिनुभयो ।
 

कमेन्टहरु
Loading...