अटो पत्रकार संघ कास्की संयोजकमा सुरेन्द्र पौडेल

पोखरा, १२ साउन/नेपाल अटो पत्रकार संघ कास्की शाखाको संयोजकमा पत्रकार सुरेन्द्र पौडेल मनोनित भएका छन् । नेपाल अटो पत्रकार संघ नेपालले शुक्रबार पौडेललाई संयोजकमा मनोनित गरेको हो । संघको शाखालाई देशभर बिस्तार गर्ने क्रममा कास्कीमा पत्रकार पौडेललाई संयोजक चयन गरिएको संघका केन्द्रीय अध्यक्ष उज्वल जंग शाहले बताए । Surendra Paudelपोखरामा रहेर यातायात क्षेत्रसँग सम्बन्धित समाचार लेखन गर्ने पत्रकारहरुलाई समेटर कास्की शाखालाई पूर्णता दिने संयोजक पौडेलले बताए । यातायात व्यवसायीहरुसँग समन्वय गरेर पोखरा तथा आसपासका क्षेत्रहरुमा सडक सुरक्षा लगायतका विषयमा विभिन्न कार्यक्रम आयोजना गर्ने पौडेलले बताए । पत्रकार पौडेल आर्थिक अभियान दैनिक र एबीसी टेलिभिजनका पोखरा संवाददाता हुन् ।

कमेन्टहरु
Loading...