शिघ्रपतन रोक्ने १० खानेकुरा

शिघ्र पतन पुरुषहरुको एक मुख्य यौनिक समस्या हो । यो अधिकांस पुरुषहरुमा हुने समस्या हो, यद्यपि धेरैले आफ्नो अहम् तथा लाजका कारण यो कुरा भन्न सक्दैनन् । शिघ्रपतनका विभिन्न कारणहरु हुन सक्छन् ।
pre
व्यक्ति अस्वस्थ हुनु, मानसिक तनाव, डर वा चिन्ता हुनु, सम्भोगका अरुचीका साथै अस्वस्थकर भोजन र व्यायामको कमी जस्ता कुराले पनि शिघ्रपतनका लागि सहयोग गरिरहेका हुन्छन् । शिघ्रपतन पुरुषको यौन जिवनमा ठूलो असर पूराउने तथा कहिलेकाहीँ दाम्पत्य जिवनमा समेत खलल उत्पन्न गराउन सक्ने विषय बन्न सक्छ । शिघ्र पतनको समस्यालाई कम गर्न केही खानेकुराहरुको सेवन लाभदायी हुन्छ, जस्तै :
१.लुसन र प्याज : लसुन र प्याजमा एलिसिन नामक एन्टीअक्सिडेन्ट पाइन्छ । यसले रक्त संचारलाई प्रक्रियालाई सन्तुलित बनाउने तथा रक्तप्रणालीलाई स्वस्थ बनाउन सहयोग गर्छ । यो तत्वले छिटो बुढ्यौलीका लक्षण देखिनबाट पनि जोगाउँछ । साथै यसले यौन क्षमतामा वृद्धि गर्नुका साथै गुप्तांग तथा सरीरको तल्लो भागमा रक्तप्रवाहमा सुधार ल्याउँछ ।
२. कफी : कफीमा उत्प्रेरकको रुपमा रहेको एक तत्व क्याफाइन पाइन्छ । यसले मुटुलाई नियमित तथा शिघ्र रक्तसंचालनमा सहयोग गर्छ । जसका कारण एड्रेनलाइन हर्मोनको प्रवाह उच्च हुनुका साथै लामो समयसम्म यौनक्रिडामा समावेश हुन सक्षम बनाउँछ ।
३. सुँगुरको मासुको सेवन शिघ्रपतनको समस्या कम गर्न निकै लाभदायी हुन्छ । यसबाट पाइने भिटामिन बि वानले लिंगका स्नायुलाई प्रभाव पार्छ र लामो उत्तेजनाका लागि सहयोग गर्छ ।
४. रेड वाइन पनि यौन सुखको प्राप्ति तथा शिघ्र पतनको समस्या निवारणका लागि सहयोगी बन्न सक्छ । रेड वाइनले सरीरमा नाइटि्रक अम्लको उत्पादनमा सहयोग पूराउँछ । यसबाट रक्तनली फैलिन गई लिंगमा रक्तप्रवाह उच्च हुनजान्छ ।
५. सामुदि्रक  खानाहरु अर्थात् सी फुडमा पाइने भिटामिने बी सिक्स तथा जिंक तत्वले समेत पुरुषमा सेक्स हर्मोनको उत्पादनमा टेवा पूराएर यौन सुख प्राप्तिमा सहयोग पूराउँछ ।
६. स्ट्रबेरी : यो फल पनि यौन क्षमता बढाउने महत्वपूर्ण भोजन हो । स्ट्रबेरीको नियमित सेवनले सरीरमा रक्त प्रणालीको विकार निर्मलीकरण गर्न सहयोग पूराउँछ, जसले यौन क्षमता वृद्धिमा सघाउ पूराउँछ ।
७.केरा : पुरुषका लागि लिंगको उत्तेजनालाई लामो समयसम्म कायम राख्नका लागि लिंगमा लामो समयसम्म तथा पर्याप्त रक्त प्रवाह हुनु आवश्यक हुन्छ । केराको नियमित सेवनले सरीरमा पोटासियमको मात्रा पर्याप्त बनाउँछ, जसका कारण रक्तप्रवाह नियमित बन्दछ र शिघ्रपतनको समस्या कम हुन्छ ।
८.अण्डा : अण्डा पनि यौन क्षमता वृद्धि गर्ने तथा शिघ्रपतन रोक्ने महत्वपूर्ण खाना हो । यसमा जिंक तत्व पाइन्छ जसले पुरुष सेक्स हर्मोनको उत्सर्जनमा सहयोग पूराउँछ ।
९.आफ्नो भोजनमा नियमित रातो खुर्सानीलाई समावेश गराउनुहोस् । यसले सरीरको रक्तप्रवाह नियमित गर्न तथा यौन क्षमतामा वृद्धि गर्न सहयोग पूराउनेछ ।
१०. नरिवलको पानी : नरिवलको पानीमा पोटासियम तथा म्याग्नेसियम तत्व भरपूर पाइन्छ । यसले सरीमा तरल पदार्थको सन्तुलनमा सहयोग गर्नुका साथै उर्जा समेत प्रदान गर्छ । साथै यसले रक्तसंचार प्रणालीलाई समेत नियमित गर्छ । नरिवलको पानीको सेवनले यौन क्षमतामा वृद्धि गर्ने तथा लिंगको मांशपेशी मजबुत बनाउन सहयोग पूराउँछ । यसले शिघ्र स्खलन रोक्न मद्दत गर्छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...