एमाले नेता नेपाल विहारको प्रगति अवलोकन गर्न जाँदै

१२ साउन, काठमाण्डौं । भारत भ्रमणमा रहनुभएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल आज नयाँ दिल्लीबाट विहार जाँदै हुनुहुन्छ । पटनाको नालन्द विश्वविद्यालयमा हुने कार्यक्रममा सहभागी हुन नेता नेपाल विहार जान लाग्नुभएको हो ।
madhav-nepalविहानरमा नेता नेपालले एक औपचारिक समारोहलाई संबोधन गर्नुहुने कार्यक्रम छ । त्यस्तै उहाँले विहारले गरेको प्रगतिका विषयमा पनि अवलोकन गर्नुहुनेछ । दिल्ली बसाईका क्रममा उहाँले भारतीय प्रधानमन्त्री मनमोहन सिंह, काङ्ग्रेस आईका अध्यक्ष सोनिया गान्धी, विपक्षी दलका नेता, विदेश सचिव रन्जन मथाईलगायतका नेताहरूसँग भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री मनमोहन सिंहसँग शुक्रबार भएको भेटवार्तामा नेपालमा हुन लागेको संविधानसभा चुनाव, दलहरूको भूमिका, भारतले गर्न सक्ने सहयोगबारे छलफल भएको थियो । भारतीय प्रधानमन्त्री सिंहले नेपालमा घोषित मिति मङ्सिर ४ मै चुनाव हुनुपर्ने बताउनुभएको थियो । एमाले महासचिव ईश्वर पोख्रेल, विदेश विभाग सदस्य राजन भट्टराईसहित पाँच दिने भ्रमणमा निस्केको नेता नेपाल नेतृत्वको टोली आइतबार स्वदेश र्फकने कार्यक्रम छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...