गण्डकी बोर्डिङ्गका दुवै टोलि फाइनलमा

साउन ११,पोखरा/पोखरा रंगशालामा जारि कोकाकोलाकप अन्तर विद्यालय कास्की छनौट फुटवल प्रतियोगितामा गण्डकि बोर्डिङ्ग स्कुलको छात्र र छात्रा दुवै टोलि फाइलनमा पुगेका छन् । शुक्रबार भएको सेमिफाइनलमा जिविएसको छात्र टोलिले सोसल पब्लिकलाई तथा छात्राटोलिले कालिकालाई पराजित गर्दैै कास्की च्याम्पियन बन्न फाइनल खेल्ने निश्चित गरेका हुन् ।
छात्रतर्फको खेलमा उत्तम मिश्र र दिपेश कार्कीको गोलमा जिविएसले सोसल पब्लिकलाई २–० गोलले पराजित गरेको थियो । त्यस्तै कुशुम बस्नेतले ह्याट्रिक गरेपछि छात्रातर्फको प्रतिस्पर्धामा कालिका ३–१ गोलले पराजित भयो ।
अखिल नेपाल फुटवल संघ (एन्फा )को आयोजना तथा कास्की जिल्ला फुटवल संघको संयोजनमा भएको प्रतियोगिता अन्तर्गत छात्रतर्फको अर्को सेमिफाइनलमा नेपाल आदर्शले रेन्बो एकेडेमीमाथि कठिन जित निकाल्यो । निर्धारित समयको खेल गोलरहित बराबरिमा सकिएपछि नेपाल आदर्श सडन डेथमा भाग्यमानि भयो । छात्रातर्फको अर्को सेमिफाइनलमा टप्सले शान्ति निकुञ्जलाई २–० ले पराजित गर्दै गण्डकिसंगको भेट पक्का ग¥यो । सो खेलमा टप्सकि बिमला चौधरीले दुबै गोल गरेकि हुन् । प्रतियोगिताको फाइनल खेल शनिवार दिउसो हुने प्रतियोगिता संयोजक खेम गुरुङ्गले जानकारी दिए ।

कमेन्टहरु
Loading...