बारको साधारण सभा

पोखरा, ११ साउन/ पुनरावेदन अदालत पोखराका न्यायधिश डिल्लीराज आचार्यले कानून व्यवसायलाई समय, सापिक्षित परिवर्तन गरि परमपरागत शैली छाडी आधुनिकिकरण तर्फ लैजानुपर्ने धारणा राख्नु भएको छ । पुनरावेदन अदालत बार एशोसिएसन पोखराको वार्षिक साधारण सभाको आज उद्घाटन गर्दै न्यायधिश आचार्यले कानून व्यवसायलाई विशिष्ट करण गरेर लैजान समेत सुझाव दिनुभयो । उहाँले क¥पोरेट व्यवसायको रुपमा संचालन गर्न सकेमा मात्र कानून व्यवसायी पनि सो पेशामा रहन सक्ने बताउदै सूचना प्रविधिको अधित्तम प्रयोग गर्न पनि कानून व्यवसायलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा नेपाल बारका उपाध्यक्ष अनिता गुरुङले न्याय छिटोछरितो र सर्वसुलब तबरबाट उपलब्ध हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पुनरावेदन बार पोखराका पूर्वकोषाध्यक्ष शान्ति सिंह थापा, न्याय परिषदको निर्णयले पुनरावेदन अदालत विराटनगरको न्यायधिशमा नियुक्ति गरेकोमा सम्मान समेत गरेको छ ।
सो अवसरमा बोल्दै पुनरावेदन अदालतका न्यायधिश शान्ति सिंह थापाले निषपक्ष न्याय संम्पादन गरि पोखराको बारको गरिमा उच्च बनाउने अठोट व्यक्त गर्दै आफ्नो सफलतामा पोखराको कानूनी जगत भएको स्मरण गर्नु भयो ।
पुनरावेदन बार एशोसिएसन पोखराका अध्यक्ष मुकुन्द्रराज अर्यालको सभापत्तित्तवमा सम्पन्न सो कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्ण बहादुर गुरुङ, कृष्ण थापा, जिल्ला बारको अध्यक्ष कमल अर्याल, अधिवक्ता दिलमाया भुजेल, रेडियो बाराहीका कार्यकारी निर्देशक एवम् संञ्चार समितिका संयोजक अधिवक्ता रमेश पौडेल, बारका उपाध्यक्ष सकुन्तला घिमिरे, जिल्ला अदालत कास्कीका श्रष्तेदार वासुदेव न्यौपाने, बारका पूर्व अध्यक्ष फडिन्द्रराज कोइराला लगायतले बार र बेन्चको सम्बन्धको बारेमा बोल्नु भएको थियो ।
कार्यक्रमको दोस्रो श्रत्रमा सचिव गणेश बहादुर थापा र कोषध्यक्ष दिपक बाँस्तोलाले प्रतिवेदन पेश गर्नु भएको थियो ।

कमेन्टहरु
Loading...