क्षेत्र निर्धारण आयोगको म्याद थप

काठमाडौं, श्रावण १० – सरकारले पूर्वन्यायाधीश ताहिर अली अन्सारी संयोजकत्वको क्षेत्र निर्धारण आयोगको म्याद १० दिन थप गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आयोगको सिफारिसअनुसार म्याद थप गर्ने निर्णय गरेको हो । सरकारले असार ५ गते अन्सारी संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो ।
असार ११ गतेदेखि काम सुरु गरेको आयोगको म्याद शुक्रबार सकिंदै थियो । आयोगमा भूगर्वविद् नेत्र धिताल, समाजशास्त्री डम्बर चोम्जोङ, पूर्वप्रशासक मधुनीति तिवारी सदस्य छन् । प्रधानमन्त्री कार्यालयका कानुन सचिव राजुमानसिंह मल्ल सदस्य सचिव छन् ।
– See more at: http://www.ekantipur.com/np/2070/4/10/full-story/372785.html#sthash.kNk3kcdI.dpuf

कमेन्टहरु
Loading...