सुनको भाउ हजार रुपैयाँ घट्यो

१० साउन, काठमाडौं । अन्तर्राष्ट्रि बजारमा सुनको भाउमा उतार-चढाव जारी रहेपछि स्थानिय बजारमा पनि त्यसको प्रभाव परेको छ । बिहीबार नेपाली बजारमा सुनको भाउ १ हजार रुपैयाँ goldघटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाला सुनको भाउ तोलाको ५१ हजार ८ सय रुपैयाँ तोकेको छ । बुधबार तोलामा सय रुपैयाँ बढेर ५२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ बिहीबार ओरालो लागेको हो ।
बिहीबार तेजाबी सुनको भाउ पनि तोलामा हजार रुपैयाँ घटेर ५१ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तेजाबी सुन तोलाको ५२ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ घटेर ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलामा ५ रुपैयाँ घटेर ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो । cp.onlinekhabar.com

कमेन्टहरु
Loading...