देउवापत्नीले यसरी पोखिन् नेताकी श्रीमती हुनुको दुःख

१० साउन, काठमाडौं । नेपाली कांग्रेस महासमिति सदस्य आरजू देउवा (राणा) ले प्रधानमन्त्रीकी पत्नीले ‘अनभिजिवल’ (अदृश्य) भएर बस्नुपर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहनुभएकी पूर्वसभासद देउवाले आफूलाई नेपाली कांग्रेसभित्रैबाट नेताकी श्रीमतीका रुपमा मात्रै हेर्ने गरिएको र पार्टीले कुनै भूमिका नदिएको गुनासो गर्नुभयो ।
arju-deuba
‘हिसिला यमीले श्रीमान प्रधानमन्त्री हुँदा के अनुभव गर्नुभयो दिदी भनेर सोध्नुभएको थियो, मैले उहाँलाई भनेकी थिएँ, श्रीमान प्रधानमन्त्री भएपछि तपाई ‘इनभिजिवल’ रहन सक्नुभयो भने विवादमा आउनुहुन्न । धेरै अगाडि आउन खोज्नुभयो भने विवादमा पर्नुहुन्छ ।’ अनलाइनखबरसँगको अन्तरवार्तामा राणाले भन्नुभयो ‘नेपालमा पितृसत्तात्मक सोच छ, श्रीमानको पोष्ट हुँदाहुँदै श्रीमती अगाडि आएको यहाँ कसैले पनि देख्न चाहँदैन ।’
‘मलाई पार्टीका मान्छेले शेरबहादुर देउवाकी श्रीमतीका रुपमा मात्रै देख्छन् । नेताका रुपमा देख्न चाहँदैनन् कि खोज्दैनन्, मलाई थाहा छैन ।’ उहाँले भन्नुभयो- ‘सभासद हुँदाखेरि पनि यो फलानाकी श्रीमती भएर आएकी हो भन्ने धेरै सुनियो । यस्तो सुनेर मलाई वाक्क लाग्छ ।’
महिलाले अगाडि बढेर बोलेको वा ‘इन्टरफेयर’ गरेको देखेमा समाजले श्रीमानलाई जोइठिंग्रे आरोप लगाउने बताउँदै आरजूले आफू राजनीतिमा ‘ब्याक’ भएको बताउनुभयो । ‘मैले शेरबहादुर देउवासँग विवाह गर्दा नेता हुन्छु भनेर गरेकी हैन, उहाँकी श्रीमती हुन्छु भनेर विवाह गरेकी हुँ ।’ उहाँले भन्नुभयो- ‘त्यसैले उहाँलाई अप्ठयारो पार्न चाहन्न । मलाई स्वास्थ्यमन्त्री बन्नु छैन । बनाऊ कि बनाऊ भनेकी भए बन्थें पनि होला । तर, मन्त्री बन्नु भेरी रिस्की इन नेपाल ।’ cp. onlinekhabar.com

कमेन्टहरु
Loading...