नपत्याउदो खोलाले बगायो, एकजना बेपत्ता

सागर राज तिमिल्सिना
पोखार, १० साउन/पोखराको फिर्के खेलामा खसेर एक जना बेपत्ता भएका छन् । हिजो राति १० बजे
पोखरा ५ पस्र्याङ स्थित फिर्के खोलामा खसेर पोखरा उपमहानगरपालिका वडानम्बर ४
चिप्लेढुङ्गाका ५० बर्षिय केशबराज पराजुली बेपत्ता भएका हुन् ।
साथिहरु संग राति पस्र्याङबाट घरतर्फ आउदै गर्दा खोलाको छेउमा पिसाब गर्न लागेका
बेला खसेर उनि बेपत्ता भएका हुन् । पराजुलीलाई अहिले सम्म फेला पार्न नसकिएको
प्रहरीले जनाएको छ ।
खोला अघिपछि सानो भएपनि हिजो राति परेको अबिरल बर्षाको कारण बढेकाले
बगाएको आशंकामा प्रहरीले खोजी कार्य जारी राखेको छ । पस्याङदेखि खोलाको
अन्तिम बिन्दु फेवा किनार ड्यामसाईड सम्म खोजिको लागि प्रहरी परिचालन गरिएको
जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कमेन्टहरु
Loading...