तिनाउ नदीमा दुई युवती बेपत्ता

तिनाउ नदीको भेलमा परेका दुई युवती बेपत्ता भएका छन् । बुधबार साँझ रुपन्देहीको ड्राइभरटोलबाट घर हिडेका ती युवतीलाई तिनाउ खोलाले बगाएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बगेर वेपत्ता हुने युवतीहरुमा रुपन्देहीको मोतिपुरका १८ बर्षीय दिपा पुन र १७ बर्षीय गीता पौडेल रहेको प्रहरीले जनाएको छ ।
घटना भएलगत्तै प्रहरीले राती अबेरसम्म खोजी गरेपनि बेपत्ताको कुनै अवस्था पत्ता नलागेपछि आज विहानबाट फेरी खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

– See more at: http://setopati.com/samaj/2707/#sthash.0qwK2VG2.dpuf

कमेन्टहरु
Loading...