कामको खोजीमा संयुक्त अरब इमिरेट्सको दुबईबाट युरोपेली मुलुक ग्रीस जाँदा अपहरणमा परेका ९ नेपाली १८ दिनको बन्धक जीवनपछि स्वदेश आइपुगेका छन् । उनीहरूसँगै गएका स्याङ्जा कुवाकोटका अर्जुन भण्डारीको भने मृत्यु भएको छ । वैदेशिक रोजगारीमा दुबई पुगेका उनीहरूलाई अपहरणकारी समूहले मासिक १७ सय युरो कमाइ हुने प्रलोभनमा त्यहाँङ्गबाट ग्रिस लगेका थिए । स्थल र समुद्री मार्ग हुँदै २५ औं दिनमा टर्की र ग्रीसको सिमानामा पुर्याई अपहरणकारीले फिरौती माग्दै बन्धक बनाएको आजको कान्तिपुरमा खबर छ ।
पटक-पटक फिरौती रकम दिूदासमेत अपहरणकारीले मुक्त नगरेपछि झगडा गरेर भागेका उनीहरू टर्की प्रहरीको शरणमा पुगेका थिए । त्यहाँ गैरकानुनी प्रवेशबापतको कानुनी प्रक्रिया पूरा गरेर बिहीबार काठमाडौं आइपुगेका हुन् । जसमा बागलुङका दलबहादुर बुढाथोकी र तुलबहादुर घर्ती मगर, दाङका तिलक पुन, रोल्पाका चित्रबहादुर पुन र झपेन्द्र खड्का, कास्कीका सुरेश गुरुङ, धरानका कुर्साङ तामाङ तथा म्याग्दीका मेघबहादुर छन्त्याल र वीरबहादुर पुन छन् ।– See more at: http://setopati.com/chapa-bata/2696/#sthash.VbO542hm.dpuf