पोलिमर नोटमा ठूलै भ्रष्टाचार,अस्ट्रेलीयामा सुनुवाइ हुँदै

नेपाल राष्ट्र बैंकले जारी गर्ने १० रुपैयाँको नोट छाप्ने रिजर्भ बैंक अफ अस्ट्रेलियाका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा अन्य कर्मचारीमाथि त्यहाँको अदातलमा भ्रष्टाचार मुद्दामा सुनुवाई सुरु भएको छ । नोट पि्रन्टिङ अस्ट्रेलिया लिमिटेडका पूर्वअधिकारीले १० रुपैयाँ दरका नेपाली प्लास्टिक (पोलिमर) नोट छपाइमा राष्ट्र बैंक र नेपाल सरकारका अधिकारीलाई घुस नखुवाएको दाबी गरेको आजको नयाँ पत्रिकामा खबर छ ।

 नोट प्रिन्टिङ अस्ट्रेलियाको केन्द्रीय बैंक (रिजर्भ बैंक अफ अस्ट्रेलिया) को सहायक कम्पनी हो । नोट छपाइमा भ्रष्टाचारको मुद्दा खेपिरहेका कर्मचारीहरुले अस्ट्रेलियाको भिक्टोरिया मजिस्ट्रेट अदालतमा भएको सुनुवाईका क्रममा राजदरबार हत्याकाण्डका कारण नोटको डिजाइन परिवर्तन हुँदा छपाई मूल्य महँगो भएको बयान दिएका छन् ।
‘२००१ मा भएको राजदरबार हत्याकाण्डका कारण नोटको पुनः डिजाइन गर्नुपर्‍यो, पुनः डिजाइनसहितको खर्च व्योहोर्न छपाई मुख्य बढाइएको हो, घुस खुवाउन होइन, ‘ उनीहरुका कानुन व्यवसायीले अदालतमा दिइको बयान उदृत गर्दै ब्लुमबर्ग बिजनेस विकले जनाएको छ । मुद्दा फैसला हुन करिब दुई बर्ष लाग्ने बताइएको छ ।
ठेक्का जित्न राष्ट्र बैंक, राजनीतिक दलका नेतालगायतलाई कमिसन खुवाउन घुस दिएको सार्वजनिक भएपछि नोट पि्रन्टिङ कम्पनीका उच्च तहका तत्कालीन अधिकारीले भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् । तत्कालिन सिइओ, प्रमुख लेखा अधिकृत र बिक्री-प्रबन्धकले ठेक्का हात पार्न कम्पनीका स्थानीय एज्न्टमार्फत राष्ट्र बै‌क रसरकरी अधिकारीलाई घुस दिएर भ्रष्टाचार गरेको अभियोग छ ।

– See more at: http://setopati.com/chapa-bata/2698/#sthash.mj7CIXmb.dpuf

कमेन्टहरु
Loading...