पोखरा, ९ साउन। कास्की जिल्ला तेक्वान्दो सङ्घको आयोजना तथा तेक्वान्दो पिस कर्पस् कोरियाको सहयोगमा पोखरा रड्डशालामा सञ्चालित नौ दिने तेक्वान्दो पिस कर्पस् तालिम बुधबार सम्पन्न भयो। साउन १ गतेदेखि सञ्चालित सो तालिममा ब्लू बेल्टदेखिमाथिका करिब एक सय जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो। तालिममा कोरियास्थित विश्वविद्यालयका विद्यार्थी ली दा हे, ली जुन साङ र ली सुन मीले प्रशिक्षण दिएका थिए। कास्की जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष जगन बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अर्जुन थापाले स्वागत तथा सचिव प्रेमनारायण न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए।सोही कार्यक्रममा गत जून महिनाको ८–९ तारिखसम्म स्वीजरल्याण्डको लिजयानामा सम्पन्न चौथो विश्व पारा तेक्वान्दो च्याम्पियनसीपमा नेपालबाटै पहिलो पटक काँस्यपदक जित्ने खेलाडी यादव कुँवरलाई सम्मान गरियो। उनलाई नगद पाँच हजार, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो। कुँवर प्रतियोगितामा बेस्ट फाइटर समेत घोषित भएका थिए।
यस्तै गत जेठ १० र ११ गते पोखरामा सम्पन्न ११ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पश्चिमाञ्चल क्षेत्रको तर्फबाट सहभागी भइ पदक जित्ने कास्की जिल्लाका चार जना खेलाडीलाई नगदले सम्मान गरियो। जसअनुसार ४६ केजीमुनि तौल समूहमा स्वर्णपदक प्राप्त गर्ने राखी शर्मालाई नगद १० हजार तथा ५३ केजीमुनि रजतपदक जित्ने तारा जिसी, ६२ केजीमाथिको तौलसमूहमा रजतपदक प्राप्त गर्ने रेखमाया गुरुङ र ४९ केजीमुनि तौलसमूहमा रजतपदक प्राप्त गर्ने प्रशंसा क्षत्रीलाई जनही पाँच हजार प्रदान गरिएको थियो।
प्रतियोगितामा पश्चिमाञ्चल चौथो स्थानमा आउन सफल भएको थियो। कार्यक्रममा भैरहवामा सम्पन्न क्षेत्रीय छनौट प्रतियोगितामा सहभागी भइ स्वर्णपदक प्राप्त गर्ने रेखमाया गुरुङ, तारा जिसी, सञ्जु थापा, निरोजबहादुर नेपाली, समीर गुरुङ, गंगा गुरुङ, रजतपदक प्राप्त गर्ने प्रशंसा क्षत्री, काँस्यपदक प्राप्त गर्ने विकास छत्कुली, काठमाडौंमा सम्पन्न दोस्रो निकोस जुनियर राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी भई स्वर्णपदक जित्ने प्रतीक्षा सुवेदी र रजतपदक जित्ने अविक गुरुङलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइराला, नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय सदस्य हरिश्वर पोखरेल, सशस्त्र प्रहरी बल कालिका गणका गणपति एसपी दमन थापा, कास्की जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष जगन बहादुर गुरुङ, सल्लाहकार योगेन्द्र बस्नेत र रत्नमान गुरुङलगायतले खेलाडीलाई सम्मान गरेका थिए।
यस्तै विभिन्न प्रतियोगितामा प्रशिक्षकको भूमिका निर्वाह गर्ने सुनबहादुर लामा, बलराम लामा, ललितबहादुर धामी, अरुण माझी र महावीर थापा, ११ औं राष्ट्रिय प्रतियोगितामा प्राथमिक उपचारमा सहयोग पु¥याउने सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी, सेवा हस्पिटल तथा स्वयंसेवकहरूलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा रोटरी क्लब अफ पोखरा अन्नपूर्णले कास्की जिल्ला तेक्वान्दो सङ्घलाई ११ सेट पोशाक (दोबोक) प्रदान गरेको थियो। क्लबका उपाध्यक्ष कल्याण कर्माचार्य र सर्जेन्ट एट आर्म प्रकाश उदासले सङ्घका अध्यक्ष जगन बहादुर गुरुङलाई सो सामग्री हस्तान्तरण गरेका थिए।सो अवसरमा उपाध्यक्ष कर्माचार्यले सङ्घसँग आगामी दिनमा पनि सहकार्य गर्दै जाने प्रतिबद्धता जनाए।
सोही अवसरमा ११ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता अर्थ सड्ढलन उपसमितिका संयोजक अर्जुन थापाले आयव्यय विवरण प्रस्तुत गर्दै प्रतियोगितामा १० लाख ८४ हजार दुई सय ५० आम्दानी, नौ लाख ७८ हजार चार सय ४१ रुपैयाँ खर्च तथा एक लाख पाँच हजार आठ सय नौ रुपैयाँ बचत भएको जानकारी गराएका थिए।
