दुईवटा कम्पनीबाट उत्पादित पानीको एउटै नाम उपभोक्ता अन्यौलमा

गोकुल बानियाँ
९ साउन पोखरा/पोखराका दुईओटा खानेपानी उत्पादक कम्पनीको अस्वस्थ प्रतिश्पर्धाको कारण उपभोक्ता अन्योलमा परेका छन् । एउटै नाममा दुई छुट्टा छुट्टै कम्पनीले खानेपानी बजारमा ल्याउदा समस्या परेको हो । पोखराको धारापानी – ५ मा रहेको तारा मिनरल वाटर एण्ड वेभरेज प्रालि र लेखनाथ – ८ शिशुवामा रहेको ईको ड्रिङकिङ वाटर प्रालिले ईको पानीको नाममा पिउने पानी बजारमा ल्याएपछि दुई कम्पनीको आन्तरिक बिबाद बाहिर आएको छ । २०६७ सालको सुरुवातबाटै उत्पादन सुरु गरेको तारा मिनरल वाटर एण्ड वेभरेज प्रालिले आफ्नो ब्राण्ड लिएर अर्को कम्पनीले फाईदा लिन खाजेको आरोप लगाएको छ ।
wwwलेखनाथबाट उत्पादित पानी २०६८ बैशाखबाट मात्रै बजारमा आएको थियो । केहि दिन अघि मात्र पोखराको बगरमा रहेको होटलमा बेच्नको लागि राखिएको पानीको बोतलमा लेउ भेटिएको थियो । लेखनाथबाट उत्पादित इको पानीमा लेउ भेटिएको भएपनि नाम एउटै भएकाले त्यसको प्रभाब आफ्नो पानीको बजारिकरणमा परेको तारा मिनरल वाटर एण्ड वेभरेज प्रालिका प्रबन्ध निर्देशक प्रदिन गौचनले बताए । ईको ड्रिङकिङ वाटर प्रालिले ट्रेडमार्क अनुमति बिना पानी उत्पादन गरिरहेको उनले आरोप लगाएका छन् ।
हरियो रंगको कभरमा लेखनाथको पानी र निलो रंगको कभर सहित पोखरामा उत्पादित पानी बजारमा आउने गरेको छ । उपभोक्ताले कम्पनी भन्दा पनि पानीको नामको आधारमा इको पानीनै खोज्ने भएकाले दुई कम्पनीको बजारमा अस्वस्थ प्रतिश्पर्धा देखिएको हो । पानीमा लेउ भेटिएपछि लेखनाथ स्थित कम्पनीले पानीको उत्पादन एक साता बन्द गरेको थियो । प्राबिधिक समस्याको कारण पानीमा अखाद्य बस्तु भेटिएको भन्दै उत्पादन रोक्नु परेको कम्पनीका अध्यक्ष बिशाल गौतमले बताए ।
अर्को संग जुध्नेगरी आफुहरुले नाम नराखेको गौतमले दाबि गरेपनि गौचनले भने आफ्नो कम्पनीको नाम संग मिल्दो जुल्दो नामबाट दर्ता भएको ट्रेडमार्कलाई तत्काल खारेज गर्न माग गरेका छन् । कानुनत कुनैपनि फर्म तथा कम्पनीको ब्राण्ड दुईवटा नामबाट सञ्चालन वा बिक्रि बितरण गर्न नपाईने प्राबधान छ । ३ करोड लगानीमा संचालित तारा मिनरल वाटर एण्ड वेभरेज प्रालिले पोखरामा १० प्रतिशत बजार आफ्नो पानीले ओगटेको दाबि गरेको छ । कम्पनीको उत्पादन प्रतिघण्टा २ हजार लिटर रहेको छ । एक बर्ष पछि बजारमा आएको इको ड्रिङकिङ वाटर प्रालिले पनि बजारमा आफ्नो पकड एकदमै राम्रो रहेको दाबि गरेको छ ।

कमेन्टहरु
Loading...