थाइल्यान्डमा नेपाली धम्क्याउनेलाई कारबाही हुने

९ साउन, काठमाण्डौं । नेपाल प्रहरीको मान्छे भन्दै थाइल्यान्डको राजधानी बैंककमा रहेका नेपालीलाई विभिन्न प्रकारका धम्की दिँदै आएका नेपाली नागरिक पवन गुरुङलाई कारबाही गर्न थाइल्यान्डमा बस्दै आएका नेपालीले माग गरेका छन् ।
नेपाल प्रहरीमा अनियमितता गरेको आरोपमा जागिरबाट बर्खास्तीमा परेका गुरुङलाई नेपाल प्रहरीले खोजीको सूचीमा राखेको छ । विभिन्न आपराधिक गिरोहसँग मिलेर काम गरेको पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयले गुरुङ विरुद्ध कारबाही अगाडी बढाउन महानगरीय प्रहरी परिसर काठमाण्डौंलाई निर्देशन दिएको थियो ।
प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि बैंकक भागेका गुरुङ त्यहाँ पनि विभिन्न खाले आपराधिक क्रियाकलापमा संलग्न भएपछि भागेर चीन पुगेको नेपाल समाचारपत्रमा खबर छ । अन्तर्राष्ट्रिय गिरोहको सम्पर्कमा पुगेका गुरुङले चीनमा बसेर विभिन्न प्रकारका गैरकानुनी क्रियाकलापमा संलग्न रहेको आशंकामा चीन प्रहरीले खोजी गर्न थालेपछि गुरुङ पुनः थाइल्यान्ड आएका थिए ।

कमेन्टहरु
Loading...