फेवाताल जलकुम्भी मय

सागर राज तिमिल्सिना
पोखरा, ८ साउन/आइतबार राती र सोमबार परेको अविरल वर्षाका कारण पोखराको फेवातालमा जलकुम्भी मय भएको छ । पानी परेका कारण तालको सतह वढेपछि फेवाताल जलकुम्भी मय भएको हो । जलकुम्भीले फेवाताल ढाकेपछि फेवाताल कुरुप बनेको छ भने ढुङ्गा चलाउन कठिनाई भएको छ ।
IMG_4273फेवातालको सिरानको सिमसारमा रहेको जलकुम्भीलाई तालको सतह बढे पछि पानीले बगाएर तालमा ल्याएको हो । जलकुम्भीले ढुङ्गा चलाउन कठिनाइ भएको ढुङ्गाचालक सरिता गुरुङ्गले बताइन् ।
तालको सतह बढेपछि फेवाकिनारमा रहेको जलकुम्भी जार तालमा आएको फेवाढुङ्गा व्यवसायी समितिका उपाध्यक्ष महेन्द्र भुजेलले बताए । उनले कहि दिन पहिले पनि थोरै मात्रामा जलकुम्भी आएको बताउदै त्यौ सबै आफुहरुले झिकेको बताए ।IMG_4275
फेवाताल करिब २२ हजार ७ सय रोपनी क्षेत्रफलको नेपालकै दोस्रोे ठूलो ताल हो । तर पछिल्लो समयमा फेवाताल खुम्चिएर हाल ९ हजार ९ सय ५५ रोपनी क्षेत्रफलमा सिमित हुन पुगेको छ । फेवाताल विश्वमा नै सौन्दर्यमा १३ औ स्थानमा रहेको ताल हो ।

कमेन्टहरु
Loading...