वैद्यले दहोर्‍याए 'पूर्वराजसँग सहकार्य हुन्छ'

नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले राष्ट्रियताका विषयमा संयुक्त मोर्चाको विकल्प छैन भन्दै सच्चा राष्ट्रियताको भावना भएका पूर्वराजामहाराजासँग पनि सहकार्य हुन सक्ने दोहोर्‍याएका छन्। 

माओवादीद्वारा विदुरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रियताका विषयमा जोसँग पनि सहकार्य हुन सक्ने स्पष्ट पारेका हुन्।
सरकारले वार्ताको पत्र पठाउनु सकारात्मक भएको उल्लेख गर्दै अध्यक्ष वैद्यले सरकारले ससर्त होइन भनेर स्पष्ट पारेपछि मात्र वार्तामा बस्ने बताए।
महासचिव रामबहादुर थापासहित विदुर आएका वैद्यको टोलीले कार्यकर्तालाई प्रशिक्षणसमेत दिएको थियो। रासस

– See more at: http://setopati.com/raajneeti/2672/#sthash.JCcYcdMK.dpuf

कमेन्टहरु
Loading...