ाढीले बहखोलाको पुल भत्काइदा रामपुरका सर्वसाधारणलाई सास्ती

रामपुर, पाल्पा ८ साउन/गएराति सोमबार पाल्पाको रामपुर गाविस वरपर क्षेत्रमा आएको बाढीले बेझाड र किसानबारी जोड्ने बहखोला पुल भत्काएको छ । एक्कासी बहखोलामा पानीको वहावबढेपछि उक्त पुललाई बाढीले क्षति पु¥याएको हो । बाढीले खोलाको पुललाई क्षति पु¥याएपनि कुनै मानवीय क्षति भने नभएको रामपुर ३ मटेरीका स्थानिय वासिन्दा कुष्ण लम्सालले टेलिफोन मार्फत जानकारी दिए ।
पुलको संरचना नै बाढीले भत्काइदिएपछि सो क्षेत्रमा चल्ने सवारी साधन गुड्न सकेको छैन । उनले भने‘सर्वसाधारण जोखिम मोलेर नै पुल तर्न बाध्य भएका छन् ।’ पुल भत्किएपछि रामपुर ४ बेझाड लगायतबाट किसानबारी हुदै अनेत्र जाने सवारीसाधनहरु समेत गुड्न सकेका छैनन । स्थानिय लम्साल भन्छन् ‘ पुल नै भत्किएपछि मान्छे मरे घाट जाने समेत अवस्था छैन । तत्काल पुल मर्मतमा स्थानिय प्रशासनले ध्यानदिनुपर्छ ।’ उक्त क्षेत्रमा चल्ने हजारौ सवारीसाधनहरु पनि चल्न सकेका छैनन । त्यस्तै गरी रामपुरको रामघाट जाने बाटो सेन्टारीमा समेत बाढीले क्षति पु¥याएको बताइएको छ । रामघाट जाने बाटो नै पहिरोले भत्काइदिएपछि घाट जानमा समेत समस्या थपिएको स्थानियहरुले बताएका छन् ।

कमेन्टहरु
Loading...