हेल्थ अवार्डवाट ८ जना सम्मानित

८ साउन, काठमाण्डौ । स्वास्थ क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने आठजना स्वास्थ्य अवार्डवाट सम्मानित भएका छन् । स्वास्थ्य खबरपत्रिकाले आफ्नो वाषिर्कोत्सवका दिन हरेक वर्ष वितरण गर्दै आएको हेल्थ अवार्ड २०७० वाट आठ विधामा अवार्ड प्रदान गरेको हो ।
1
अवार्डवाट उत्कृष्ट महिला स्वास्थ्य स्वयमसेविका सुर्खेतकी लक्ष्मी रजाली, उत्कृष्ठ अस्पताल बयलपाटा अस्पाताल अछाम, उत्कृष्ठ औषधि कम्पनी एसियन फर्मास्युटिकल्स्, उत्कृष्ठ स्वास्थ्य पत्रकार कान्तिपुर दैनिकका अतुल मिश्र, ,उत्कृष्ट चिकित्सक पाँचथरका डा. पवनजंग रायमाझी, उत्कृष्ट नर्स रौतहटकी बिमला श्रीवास्तव, उत्कृष्ट पारामेडिक बाजुराका वरिष्ठ अहेब चिरञ्जीवी साह र उत्कृष्ट सामाजिक संस्था पशुपति मारवाडी सेवा संघ काठमाडौँ सम्मानित भएका छन् । उनीहरुलाई सोमवार साँझ काठमाण्डौमा भएको कार्यक्रममा स्वास्थ्य मन्त्री विद्याधर मल्लिकले अवार्ड प्रदान गर्नु भएको हो ।
उत्कृष्ठहरुको छनौट स्वास्थ्य सेवा विभागमा पुर्व महानिर्देशक डा. लक्ष्मिराज पाठकको संयोजकत्वमा गठित ६ सदस्यीय स्वतन्त्र निर्णायक कमिटीले गरेको स्वास्थ्य खबरपत्रिकाका प्रधानसम्पादक अनिल न्यौपानेले जानकारी दिनुभयो । निर्णायक कमिटीमा पाठकसहित स्वास्थ्य मन्त्रालय नीति तथा योजना महाशाखा प्रमुख डा. पदमबहादुर चन्द, चिकित्साशास्त्र अध्ययन संस्थानका प्रोफेसर डा. जगदिशप्रसाद अग्रवाल, औषधि व्यवस्था विभागका पुर्वमहानिर्देशक भुपेन्द्रबदादुर थापा, वरिष्ठ जनस्वास्थ्य अधिकृत भोगेन्द्र डोटेल र वरिष्ठ मिडवाइफरि किरण बज्राचार्य रहेका थिए ।
कार्यक्रममा स्वास्थ्य मन्त्री विद्याधर मल्लिकले अवार्ड कार्यक्रमले स्वास्थ्य क्षेत्रमा निस्वार्थ योगदान पुर्‍याउनेहरुलाई उत्साहित बनाएको भन्दै अवार्डको निरन्तरताको कामना गर्नु भयो । स्वास्थ्य सचिव डा. प्रविण मिश्रले स्वास्थ्य क्षेत्रमै पहिलो पटक स्थापना भएको हेल्थ अवार्डले स्वास्थ्य क्षेत्रमा प्रेरणा प्रदान गरेको बताउनुभयो । स्वास्थ्य खबरपत्रिकाका प्रधानसम्पादक अनिल न्यौपानेले अवार्डलाई हरेक वर्ष निरन्तरता दिने बताउनुभयो । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...