११ लाख मतदाता नामावलीबाट छुटे, थप ३० लाख विदेशमा

७ साउन, काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलनका क्रममा करिब ११ लाख मतदाताहरु नामावली संकलनमा छुटेको अनुमानित तथ्यांक सार्वजनिक गरेको छ । निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्न निर्वाचन आयोगको प्रधान कार्यायलयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा कोल्दै प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले मंसिर ४ मा चुनाव सफल पार्न भदौ ४ अगावै राजनीतिक व्यवस्थापन गरिसक्न सरकार र दलका नेताहरुसँग आग्रह गर्नुभयो ।
आयोगले दिएको जानकारी अनुसार चाँडै राजनीतिक व्यवस्थापन नभए मंसिर ४ मै चुनाव गर्नका लागि मतदाता नामावली पूर्ण गराउन सकिँदैन । निर्वाचन आयोगले साउन ७ गतेबाट निर्वाचन आचार संहिता लागू भएको जनाएको छ ।
आचारसंहिता लागू भए पनि तोकिएको मितिमा राजनीतिक व्यवस्थापन गर्ने हो भने असन्तुष्टहरुको मागलाई पनि सम्बोधन गर्न सकिने आयोगले जनाएको छ । आयोगका अनुसार हालसम्म १ करोड २३ लाख ८ हजार मतदाताले नाम दर्ता गराएका छन् । यीमध्ये केही १६ वर्ष माथिका केही र बढीजसो १८ माथिका छन् । आयोगका अनुसार हाल नेपालमा १ करोड ५४ लाख मतदाता छन् । नयाँ जनगणनापछि १० लाख मतदाता थपिएको आयोगको भनाइ छ । तर, यी मध्ये ३० लाख नेपालीहरु विदेशमा रहेका र करिब ११ लाख मतदाताहरु नामावलीमा छुटेको आयोगले स्वीकारेको छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...