कास्की र लमजुङ जोड्ने मादी नदीमा दुई पुलको उद्घाटन

पोखरा, ७ साउन/कास्की र लमजुङ जोड्ने मादी नदीमा आज एकै दिन दुई वटा पुलको उद्घाटन गरिएको छ । नेपाल सरकारको आर्थिक सहयोग र कास्की र लमजुङवासीको पहलमा निर्माण गरिएको पुलको उद्घाटन नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्वअर्थमन्त्रि डा. रामशरण महतले गर्नुभएको थियो ।
पुल निर्मँणले कास्कीको पुर्वीभेग र लमजुङ जिल्लाको करिब १४ गाविसका वासिन्दाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । पुल नहुदाँ दमौली हुदैँ पोखरा जानुपर्ने यस क्षेत्रका वासिन्दालाई पोखरा जान र बजारीकरण गर्न सहज भएको छ ।
भोटेटार मादी नदी ३० मिटर लम्बाईको पुल ४ करोड २५ लाखको लागतमा निर्माण गरिएको हो भने सोही नदीको स्थानेश्वर र रामबजार जोड्ने गरि ८६ मिटर लम्बाई, ६ मिटर चौडाई रहेको उक्त पुल करिब ४ करोढको लागतमा निर्माण भएको हो ।

कमेन्टहरु
Loading...