ने.वि.संघ गुप्तेश्वरको अन्र्तक्रिया कार्यक्रम

पोखरा, ७ पोखरा/नेपाल विद्यार्थी संघ गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस इकाई समितीले आइतबार ३२ औ वि.पी स्मृती दिवसको अवसर पारेर अन्र्तक्रीया कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल विद्यार्थी संघ कास्कीका सभापती कल्याणबाबु भण्डारीले सो कार्यक्रममा सम्बोधन गदै अब वि.पी.को पार्टी भनेर नेपाली कांगे्रसले गर्भ मात्र गरेर नहुने उनको सिद्धान्त लाई आत्मसाथ गरेर अघि बढनुपर्ने बेला आएको बताऊदै ने.वि.संघ केन्द्रिय समिती अधिवेशनको मिती सार्वजनीक गरीसकेको यो समयमा आफुले पनि सबैलाई मिलाएर छिटो भन्दा छिटो कास्कीमा अधिवेशन गराउने पनि बताए ।
कार्यक्रममा ने.वि.संघका विद्यार्थी नेता मदनराज पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलनलाई संस्थागत गर्न विद्यार्थीको अग्णी भुमीका रहने बताउदै वि.पी समाजवादी सिद्धान्त अनुसार सबै अघि बढनुपर्ने बताए भने अर्का विद्यार्थी नेता योगेन्द्र सुवेदीले आसन्न संविधासभा निर्वाचनसफ पारेर संविधान निर्माण कार्यमा ने.वि.संघको महत्वपुर्ण भुमीका रहेको र त्यसका लागी सबै मिलेर जानुपर्ने बताए । सो कार्यक्रमका सभापती तथा नेपाल विद्यार्थी संघ गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस इकाई समितीका सभापती खुसीराम बरालले जब वि.पी. जयन्ती र स्मृती दिवस नजिकीन्छ अनिमात्र दुई चार दिन वि.पी. सम्झने र बाँकी दिनहरुमा चुप लागेर बस्ने परिपाटी भएकोमा आफ्नो माउ पार्टी प्रती दुखेसो व्यक्त गर्दै अब पुरानो इतिहासमात्र हेरेर नहुने र अब वि.पी.को सिद्धान्तलाई आत्मसाथ गर्दै नयाँ इतिहास कांगे्रसले रच्नपर्ने र त्यमा आफुहरु जस्ता युवाको पुर्ण सर्मथन रहने बताए ।
सो कार्यक्रममा ने.वि.संघका विधार्थी नेता अभियान कोइराला,गणेश अधिकारी,दिनेश शर्मा,ताराप्रसाद तिमील्सीना,विनोद पराजुली,सञ्जीव बराल शिसीर बराल लगायतले वि.पी.लाई सम्झदै आ–आफ्नो भनाई राखेका थिए भनै सो कार्यक्रमको सञ्चालन क्याम्पस इकाई समितीका सचिव सुजन न्यौपानेले गरेका थिए ।

कमेन्टहरु
Loading...