सहसचिवहरुको बढुवा गर्ने मन्त्रिपरिषदको तयारी

६ साउन, काठमाडौं । अन्तरिम चुनावी मन्त्रिपरिषदले केही सह-सचिवहरुलाई सचिवमा बढुवा गर्ने तयारी थालेको छ । आज दिउँसो बस्ने क्याबिनेट बैठकले सह-सचिवहरुको बढुवा गर्न लागेको स्रोतले अनलाइनखबरलाई बतायो ।

त्यसैगरी आज बस्ने क्याबिनेट बैठकले खाली रहेका भारत लगायतका केही मुलुकहरुमा राजदूतको समेत नियुक्ति गर्ने चर्चा चले पनि आजको क्याबिनेट सहसचिवको सरुवा बढुवामै केन्दि्रत हुने स्रोतको दाबी छ । मन्त्रिपरिषद बैठक सिंहदरबारमा दिउँसो २ बजे बोलाइएको छ ।

चार प्रमुख राजनीतिक दलहरुले खिलराज रेग्मीलाई भेटेर दीर्घकालीन महत्वका निर्णयहरु नगर्न आग्रह गरिसकेका छन् । रेग्मी सरकारका अधिकारीहरुले भने सचिवहरुको सरुवा, बढुवा लगायत राजदूतहरुको नियुक्तिजस्तो कार्य दीर्घकालीन महत्वको नभई सरकारको आवश्यक कार्य अन्तरगर्त पर्ने दाबी गर्दै आएका छन् ।

विगतमा दलहरुवीच भागवण्डा नमिल्दा भारतलगायत विभिन्न देशमा राजदूतहरुको नियुक्ति हुन सकेको छैन । cp. onlinekhabr.com

कमेन्टहरु
Loading...