एमाले पर्वतबाट प्रदेश नम्बर ४ मा मुख्यमन्त्रीमा गणेश तिमिल्सिनालाई सिफारिस

पर्वत/नेकपा एमाले पर्वतले केन्द्रिय पोलिटब्यूरो सदस्य गणेश तिमिल्सिनालाई प्रदेश नम्बर ४ को मुख्यमन्त्रीको उमेद्वारमा सिफारिस सर्बसम्मत सिफारीस गरेको छ ।

लामो समय देखि राजनीतिमा सक्रिय तिमिल्सिनालाई मुख्यमन्त्रीमा सर्बसमत सिफारीस गरेको हो । आगामी निर्वाचनमा पोलिटब्यूरो सदस्य तिमिल्सिना प्रदेश मुख्यमन्त्रीको दावा गरेका छन् ।

आफ्नो उमेदवारी सहित मुख्य मन्त्रीको दावा सार्वजनिक गरेपछि कार्यकर्ता माझ तिमिल्सीनाको चर्चा पनि शुरु भएको छ । त्यसै गरि तनँहुबाट एमाले नेता किरण गुुरुङलाई पनि मुख्यमन्त्रीका रुपमा सिफारीस गरेको छ ।

एमालेले पर्वतका लागि अन्य उम्मेदवारमा पार्टी अध्यक्ष पदम गिरि, उपाध्यक्ष भक्त कुंवर, पुर्ब उपसचिव उदय सुबेदी र बाबुराम सुबेदी, सरिता भण्डारी र लक्ष्मी सुनारलाई प्रदेशसभाका लागि उमेद्वार रहेका छन् ।

 

कमेन्टहरु
Loading...