संसारभरका कस्केलीहरुको विश्व सम्मेलनको तयारी अन्तिम चरणमा

पोखरा, २० असोज /असोज २३ गते सोमबार विश्वभर छरिएर रहेका कस्केलीहरुको जमघट पोखरामा हुने भएको छ । विश्वभरी छरिएर रहेका कस्केलीहरुको खोजी अभियान समृद्ध जन्मथलो हाम्रो स्वाभिमान” भन्ने नाराका साथ विश्व सम्मेलन गर्न लागिएको आयोजक समितिका संयोजक पूर्ण तिमिल्सीनाले जानकारी दिनुभयो ।

आफ्नो जन्मथलो कास्की जिल्लाको समग्र विकासका लागि सम्मेलन गर्न लागिएको संयोजक तिमिल्सिनाले बताउनुभयो । सम्मेलनमा कास्कीका विभिन्न राजनैतिक दल, वृद्धिजिवी, पेशा व्यवसायी, उद्योगी व्यावसायी लगायत विभिन्न पक्षका व्यक्तित्वहरुसंग कास्की विकासको सार्थक वहस र छलफल गरिने छ ।

छलफलवाट कास्की विकासका प्राथमिक एजेण्डा समेत तय गर्ने तयारी गरिएको छ । अन्तराष्ट्रिय रुपमा विकास भैरहेको आधुनिक प्रविधि, सिप तथा सेवा पोखरामा भित्र्याउन समेत कास्की विश्व सम्मेलनले पहल गर्ने आयोजक समितिका संयोजक तिमिल्सिनाले उल्लेख गर्नुभयो ।

अहिलेसम्म युरोपका विभिन्न मुलुक, अमेरिका, अष्ट्रेलिया, जापान, हङकङ, मकाउ, कोरिया, खाडी देशहरु सहित २२ मुलुकमा विश्व कास्की आर्दश समाज गठन गरिएको छ । अहिले अन्य विभिन्न मुलुकहरुमा पनि संगठन विस्तारको काम भैरहेको महासचिव गोविन्द पौडेलले जानकारी दिनुभयो ।

सम्मेलनको उद्घाटन पूर्व पोखरामा खुल्ला म्याराथुन प्रतियोगिता गरिने छ । सो प्रतियोगिताको विजेतालाई नगद रु. ४० हजार, द्धितियलाई नगद रु.२० हजार, तृतिय हुनेलाई रु.१० हजार र साम्त्वना पुरस्कार रु. ५ हजार प्रदान गरिने छ ।
सम्मेलनको नेपाल सरकारका कानुन न्याय तथा संसदिय मामिला मन्त्री यज्ञ बहादुर थापाले उद्धघमटन गर्ने कार्यक्रम रहेको छ ।

कमेन्टहरु
Loading...