नेपाली दलले रसीयालाई महत्व दिएननः पुर्व मन्त्री शाह

पोखरा, ६ साउन /पुर्व मन्त्री गणेश शाहले रसीया सरकारसँगको संबन्धलाई नेपाली राजनैतिक दल र सरकारले चासो नदिएका कारण नेपालले घाटा बेहोर्न परेको वताउनुभएको छ । नेपाल रसीया दौत्य संबन्ध स्थापना भएको ५७ औ बर्षको अवसरमा शनिबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै पुर्व मन्त्री शाहले रसीयाले चाहेमा भारत र चिनको दबाबबाट, मुक्त गर्न सक्ने दाबी गर्नुभयो । पुर्व मन्त्री शाह रसीयासँग नजिकको संबन्ध भएका नेपाली राजनितिज्ञ मानिन्छन् ।
“भारतको दुतावासले कुनै कार्यक्रम गर्दा पार्टीका अध्यक्ष देखी सदस्यहरु सम्म पुग्छन् ।” पुर्व बिज्ञान तथा प्रबिधी मन्त्री शाहले भन्नुभयो–“तर रसीयन राजदुतावासले गरेको कार्यक्रममा पोलिटब्युरो सदस्य त्यही पनि पार्टीमा खासै भूमिका नराख्ने ब्यक्ति पढाउछन् ।” “एमाओवादी, काँग्रेस र एमाले कसैले पनि रसीयासँगको संबन्ध बढाउने कुरा आफ्नो बिदेश नितीको प्राथमिकतामा राखेका छैनन् । यदी संबन्ध बिस्तार गर्न सकेमा नेपालको बिकासमा रसीयाले बिना स्वार्थ सहयोग गर्छ ।” उहाँको भनाई थियो ।

नेपालको राजनैतिक, आर्थिक, प्राबिधीक र कर्मचारीतन्त्रमा समेत रसीयामा पढेका थुप्रै ब्यक्तिहरु रहेकाले पनि नेपाललाई रसीयाले प्राथमिकतामा राख्ने गरेको उहाँको बुझाई छ । रसीया अझै पनि बिश्वका शक्तिशाली देश मध्ये एक रहेको र रसीयासँग नेपालले आफ्नो संबन्ध दरिलो बनाएमा चीन र भारतलाई नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्न नदिन दबाब दिन सक्ने उहाँको भनाई थियो ।

पछिल्लो क्रममा सीरीयामा अमेरीकाले हस्तक्षेप गर्दा, रसीयाले कडा अडान लिएकै कारण अमेरीका अघि बढ्न नसकेको उदाहरण दिदै पुर्व मन्त्री गणेश शाहले नेपालको पनि बिकास गर्ने हो भने रसीयासँगे संबन्ध बढाउन अत्यावश्यक रहेको दाबी गर्नुभयो । अहिले पनि गैरआवसीय नेपाली मध्ये नेपालमा धेरै लगानी गर्ने रसीयाकै रहेको उहाँको जानकारी दिनुभयो । ५७ बर्ष अघि नेपाल र रसीया बिच दौत्य संबनध हुँदा र अहिले दुबै देश बिच राजनैतिक अवस्था परिवर्तन भएपनि, जनताको बिचको संबन्ध भने सुमधुरनै रहेको पनि उहाँले वताउनुभयो ।

कार्यक्रममा नेपाल रसीया जनमैत्री संघका अध्यक्ष कुसुमकेशब पराजुलीले नेपाल र रसीया असल मित्र भएको वताउँदै नेपालले रसीयासँग आवश्यक सहयोग लिन नसकेको वताउनुभयो ।

कमेन्टहरु
Loading...