कोकाकोलाकपमा छात्रातर्फ पाँच तथा छात्रातर्फ एक खेल

पोखरा, ६ साउन/अखिल नेपाल फुटवल संघ एन्फाको आयोजना तथा कास्की जिल्ला फुटवल संघको संयोजनमा पोखरा रंशालामा जारि कास्की जिल्लास्तरिय कोकाकोला कप अन्तर विद्यालय छात्रछात्रा छनौट फुटवल प्रतियोगितामा शनिबार छात्रतर्फ पाँच तथा छात्रातर्फ एक खेल सम्पन्न भएको छ ।

छात्रतर्फको खेलमा नेपाल आदर्श, ज्ञानुबाबा, पोखरा एकेडेमी, विन्दवासिनी र सोसियल पब्लिकले जित हाँसिल गरेका छन् । शनिवारको खेलमा नेपाल अदर्शले जुनियर सिटिजन एकेडेमिलाई ४–० गोलले पराजित गरेको हो । त्यस्तै ज्ञानुबाबा वोर्डिङ्ग स्कुलले सृजना उच्च माविलाई ४–१ गोलले पराजित गर्दै दोश्रो चरणको ढोका उघार्यो । अर्को खेलमा विन्दवासिनी उच्च माविले ज्ञानुकुञ्ज बोर्डिङ्ग स्कुललाई ३–१ गोलले पराजित गरेको थियो भने सोसियल पब्लिकले शान्ति निकुञ्जमाथि ५–० गोलको फराकिलो जित दर्ता गरायो ।

छात्रातर्फको खेलमा पोखरा एकेडेमिले विन्दवासिनी उच्च माविलाई २–० गोलले पराजित ग¥यो । सो खेलमा पोखरा एकेडेमिका तर्फबाट कविता थापा र प्रकृती तिमिल्सीनाले एक एक गोल गरेका थिए ।

कमेन्टहरु
Loading...