सिद्धबाबामा पटक पटकको पहिरोले दशैंका यात्रु रोकिए

बुटवल, १५ असोज/सिद्धार्थ राजमार्गको बुटवल—पाल्पा सडकखण्डमा पटक पटक पहिरो जादाँ सडक अबरुद्ध भएको छ । राजमार्गको तिनाउ गाउँपालिका २ दोभान र सिद्धबाबाको बिचमा गएराती पनि ठुलो पहिरो खसेपछि सवारीका साधन सञ्चालन हुन सकेका छैनन् ।

सो क्षेत्रमा निरन्तर पहिरो खसिरहेको छ । दशैंका यात्रुहरु रातभर सडकमै रोकिनुपरेको प्रहरीले जानकारी दिएको छ । शनिबार पनि सो क्षेत्रमा पहिरो खसेको थियो । बेलुका पहिरो पन्छाएको ३ घण्टामै पुनः पहिरो खसेपछि यात्रुहरु सडकमै रात बिताए । आइतबार बिहानैदेखि सडक खुलाउने प्रयास जारी छ ।

सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा दशैंकालागि देशका विभिन्न ठाँउमा हिडेका यात्रु बिचल्लीमा परेका छन् ।

कमेन्टहरु
Loading...