गायक अरुण थापा मगरको १५ औँ स्मृति दिवस

पोखरा, ६ साउन/स्वं. गायक अरुण थापा मगरको १५ औँ स्मृति दिवसको अवसरमा अरुण स्मृति रचना वाचन तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरि मनाइयो । नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति कास्कीले आज पोखरामा आयोजनामा गरेको अरुण स्मृति रचना वाचन तथा विविध साँस्कृतिक कार्यक्रममा ७ जनाले रचनावाचन गरेका थिए । सोही अवसरमा वरिष्ठ लोकगायक तथा संगीतकारलाई श्रष्टा सम्मान पुरस्कारबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार तथा लेखक तीलक पुर्जा मगर, सञ्चारकर्मी आरजु विष्ट, मिना थापा मगर, विनु मस्र्याङ्गी मगर, रविना आले, नेपाल मगर महिला संघ द्धिप बगर एकाई समितिका अध्यक्ष जौमाया थापा मगर, नेपाल मगर संघ कास्कीका सह—कोषाध्यक्ष कुमार थापा, नेपाल छन्त्याल समाज कास्कीका सचिव हुमबहादुर छन्त्याल, आदिवासी जनजाति महासंघ कास्कीका सचिव पुर्ण ह्योल्मो, नेपाल मगर विद्यार्थी संघका केन्द्रिय सदस्य गोविन्द पुन मगर, नेपाल मगर लेखक संघ गण्डकी अञ्चलका अधयक्ष रुद्र श्रीस मगर, मगर लेखक संघ केन्द्रिय सदस्य रुद्र सन्देश मगर लगायतले बोल्नुभएको थियो ।

कार्यक्रम नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति कास्कीका अध्यक्ष गम्भिरराज राना मगरको अधयक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नेत्र घर्ति मगरले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...