पोखरामा ७० करोडको मासुको कारोबार

पोखरा, १२ असोज/दशैका बेला पोखरामा करिब ७० करोड बराबरको मासुको कारोबार भएको व्यवसायीहरुले बताएका छन् ।सबै भन्दा बढि करोबार भेडाच्याङ्ग्राको विक्रिबाट भएको व्यवसायीहरु बताउ छन् । पोखरामा र आसपासका लागि भेडाच्याङ्ग्रा मुस्ताङ, डोल्पा, मुगु, चीनबाट व्यवासयीहरुले पोखरा ल्याएका थिए ।

विगत वर्षको तुलनामा यसवर्ष धेरै भेडाच्याङ्गा भित्रिएको अझ विक्रि वितरण गरिरहेको उनीहरुको भनाई छ । एउटा च्याङ्ग्राको मूल्य पोखरामा १८ हजार देखि ३५ हजार रुपैयाँसम्म पर्ने गरेको छ । यस वर्ष पोखरामा करिब २४ हजार भेडाच्याङ्ग्रा ल्याएको व्यवसायीको भनाई छ । पोखरामा यसपटक ६० करोड रुपैयाँ बराबर बढीको भेडाच्याङ्ग्राको कारोबार भएको उनीहरु बताउ छन् ।

मुस्ताङ, डोल्पा, मुगु, चीनबाट भेडाच्याङ्गा पोखरा ल्याउनुपर्ने बाध्यता र ठाउँठाउँमा लिइने कर तथा बाटोमा मर्ने कारणले भेडाच्याङ्गाको मूल्य पोखरा आइपुग्दा महँगो हुने गरेको व्यवसायीले बताए । मुस्ताङबाट बेनी सम्म हिडाएर र बेनीबाट पोखरा सम्म ट्रकमा राखेर पोखरा ल्याउने गरेका छन । यस वर्ष ४ हजार च्याङ्ग्रा पोखराबाट काठमाण्डौ गएको ब्यापारी विष्णु क्षेत्रीले बताए ।

त्यसै गरि गरि भेडाच्याङ्ग्रा बाहेक खसी बोका र खुकुरा पनि करिब १० करोडको व्यापार भएको खसीबोका ब्यवसायी संघ कास्कीका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठ बताए । उनले यो दशैँका लागि पोखरामा २४ हजार च्याङ्ग्रा र १३ हजारको हाराहारीमा खसीबोका भित्रिएको बताए ।

 

कमेन्टहरु
Loading...