दारी ग्याङ पोखराको बृद्ध आश्रममा स्वास्थ्य परिक्षण

पोखरा, १० असोज /दारी ग्याङ पोखराले पोखरा बृद्ध आश्रममा रहेका बृद्धबृद्धाहरुको स्वास्थ्य जाँच गरेर निःशुल्क औषधी उपचार गरेको छ। श्रीकृष्ण प्रणामी मन्दिर वृद्ध तथा बाल आश्रम ,सहेलापाखा लेखनाथ कास्कीमा रहको बृद्धबृद्धाको स्वास्थ्य परिक्षण गरि औषधी वितरण गरेको हो ।

उनीहरुलार्इ खाना तथा फलफुल समेत बितरण गरिएको सदस्य बिक्रम पाण्डेले जानकारी दिए। मातृशिशु मितेरी अस्पताल लामाचौरका डाक्टर राजिब न्यौपानेले बृद्धहरुको स्वास्थ्य जाँच गर्नुभएको थियो भने ल्याबको सम्पुर्ण ब्यबस्थापन सार्दिखोला पोलिक्लिनिक बगरले सहयोग गरेको दारी ग्याङका संयोजक शेखर गौतमले जानकारी दिए ।

बिगतका दिनमा पनि ग्याङले विभिन्न रचनात्मक कामहरू गर्दै आएको छ । दारी ग्याङले रक्तदान, कास्कीका सरकारी स्कुलमा सेतोपाटी बितरण लगाएतका कार्यक्रम गर्दै आएको थियो ।

कमेन्टहरु
Loading...