पोखराको पुरानो टुडिखेलमा दशैं फुलपाती महोत्सव जारी

पोखरा, ९ असोज/पोखराको पुरानो टुडिखेलमा जारी ऐतिहासिक दशैं फुलपाती महोत्सवमा दशैं पर्वलाई लक्षित उपभोग्य बस्तु किन्नेको भिड लागेको छ । असोज ७ गतेबाट सुरु भएको उक्त महोत्सवको तेश्रो दिनमा अत्याधिक भिड भएको आयोजक इन्द्रेणी एकिकृत विकास केन्द्रका अध्यक्ष नारायण चापागाइले बताए ।

महोत्सवमा दैनिक उपभोग्य बस्तुको साथमा लक्ता कपडा, हस्तकलाका सामाग्रिहरुको प्रदर्शनी, वाल उद्यान, मनोरन्जल अन्र्तगत दोहोरी गित प्रस्तुती लगायतका कार्यक्रमहरु रहेको चापागाईले बताए । महोत्सव स्थलमा खाना, मनोरन्जन, विभिन्न व्यापारिक ६० वटा स्टलहरु रहेको अध्यक्ष चापागाईले जनाए । साथै महोत्सवमा भेडा च्याङग्राको समेत विक्रि हुने भएको छ । महोत्सवमा हालसम्म १५ वटा भेडा च्याङग्राको लागि स्टल तयार पारिएको चापागाईले जनाए ।

“समृद्ध समाज हाम्रो चहाना, संस्कृतिको जर्गेना, हाम्रो कामना ” भन्ने मुल नाराका साथ ऐतिहासिक दशैं फुलपाती महोत्सव यही असोज १२ गतेसम्म चल्ने भएको हो ।  सोमबार चर्चीत लोक दोहोरी गायक प्रजापति पराजुली, सरला पाण्डे, माया गुरुङ, तुल्सी जिसी, कृष्ण देवकोटा, जिवन दाहाल, माया गिरी लगायतका कलाकारले आ–आफ्नो प्रस्तुती राखेका थिए ।

भोलि मंगलबार दोहोरी तर्फ चर्चीत लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपाने, शिवहरि ढुंगना, मन्जु विक लगायतका कलाकारको प्रस्तुती रहने भएको अध्यक्ष चापागाईले जनाए । भोलि (मंगलबार) बि.एड, मानस घले, ¥यापर भिटेन लगायतका ब्याण्डको पप कन्र्सट हुने भएको महोत्सवका सह–संयोजक हिट्लर घलेले बताए ।

महोत्सव बिहान ११ बजे देखि वेलुका ९ बजेसम्म संचालन हुने भएको महोत्सव संयोजक बालकृष्ण कोईरालाले बताए ।
उक्त महोत्सवबाट बचत भएको रकम पुरानो टुडिखेलको मैदान मर्मत संहार र ईन्द्रेणी विकास केन्द्रको फुटवल एकेडेमीमा आवद्ध ७० जना वालहरुको रेखदेखमा खर्च गरिएने भएको केन्द्रले जनाएको छ ।

कमेन्टहरु
Loading...