पुरुन्चौरमा आयोजना भएको भलिवलको उपाधी पोखरा ट्रेनिङ सेन्टरलाई

पोखरा, ९ असोज /नव सृजनशिल युवा क्लब पुरुन्चौरले आयोजना गरेको दसैं मेला तथा भलिवल प्रतियोगिताको उपाधी पोखरा ट्रेनिङ सेन्टरले जितेका छन् ।

आइतबार सम्पन्न प्रतियोगितामा १५ टिम सहभागी प्रतियोगितामा पोखरा ट्रेनिङ सेन्टर उपाधी सहित ४० हजार जित्न सफल भएको छ । त्यसै गरी आयोजक नव सृजनशिल युवा क्लब दोस्रो हुदै नगर ३० हजार जित्न सफल भएको छ ।

त्यसै गरी खुल्ला नृत्य प्रतियोगितामा आरती तामाङले पहिलो हुदै नगद चार हजार जितेकी छन् । कार्यक्रममा नारायण बास्तोलाले पुरस्कार बितरण गरे । कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष शेखर गौतमले गरेका थिए भने संचालन चन्दन लिम्बुले गरे ।

कमेन्टहरु
Loading...