काठमाण्डौमा पनि खुल्यो ‘अन्तराष्ट्रिय रक्सीभट्टी’

पोखरा, २ साउन /पोखराका दर्शकले अत्याधिक रुचाएको नाटक ‘अन्तराष्ट्रिय रक्सीभट्टी’ले काठमाण्डौमा पनि उत्तिकै दर्शकको साथ पाएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा काठमाण्डौमा भएको ‘नाटक महोत्सव’मा पोखराबाट गएको नाटकलाई दर्शकले निकै रुचाए । फरक प्रस्तुती र मनोरञ्जनात्मक विषयवस्तुबाटै देशप्रेम अनि राष्ट्रियता विषयबस्तु बोकेको नाटकलाई महोत्सवमा देखाईएका सबैभन्दा उत्कृष्ट नाटक भएको प्रतिष्ठानका सदस्यहरुले प्रतिक्रिया दिए ।

bhatti ko‘महोत्सवका कुनै नाटकमा यत्तिका दर्शक संख्या देखिएको थिएन र कुनै पनि नाटकले यति दर्शकलाई दुई घण्टासम्म बाँधेर राख्न सकेका थिएनन् ।’ नाटक हेरिसकेपछि प्रतिष्ठानका उपकुलपती प्रचण्ड मल्लले भने–‘धेरैपछि पोखराबाट नाटकहरु काठमाण्डौ नआएपनि पोखरामा अझै दम रै’छ भन्ने कुरा यो नाटकले पुस्टी गरिसकेको छ ।’ नाटकबाट आफु सन्तुष्ट भएको उनले बताए ।

त्यस्तै प्रतिष्ठानका सदस्य सचिव तीर्थ थापाले पोखराबाट आफुले अपेक्षा गरेअनुसारको नाटक पाएको प्रतिक्रिया दिए । महोत्सवमा आएका सबै नाटक एक से एक भएपनि ‘अन्तराष्ट्रिय रक्सी भट्टी’को क्रेज बढि देखिएकोमा उनी दुईमत भएनन् । काठमाण्डौमा रहेर लामो समयदेखि रंगमञ्चमा सक्रिय व्यक्तित्वहरुले समेत पोखराको नाटकलाई खुलेर प्रशंसा गर्न छुटाएनन् ।

काठमाण्डौमा भएको महोत्सवबाट सफल भई युथ क्रियशन थिएटरको टोली मंगलबार साँझ नै पोखरा फर्किसकेको छ । पोखरामा सफल भएको नाटकले केन्द्रमा गएर पनि उत्तिकै सफलता पाउँदा आफु निकै खुशी भएको निर्देशक कृष्ण उदासीले बताए । थिएटरबाट आगामी दिनमा पनि यस्तै नाटकहरु दिईरहने उनले बताए । त्यस्तै थिएटरका अध्यक्ष कपिल शर्माले सुस्ताएको पोखरेली नाटकलाई ब्यूँझाएर केन्द्रसम्म पु¥याउन सहयोग पु¥याउने सबैजनामा नाटक सफलताको जस जाने बताए ।

नाटकमा कपिल शर्मा, रेम बिक, मनोज घर्ती, ईन्दु श्रेष्ठ, सौगात पोखरेल, विभु भुषाल, सरु लामिछाने, दीपक त्रिपाठी, रेखा पुरी, मनिष पुरी, प्रकाश पराजुली, लक्ष्मी जिसि, सन्ध्या अधिकारी लगाएतले अभिनय गरेका छन् ।

कमेन्टहरु
Loading...