पोखराका उत्कृष्ट घरधनीहरूलाई बर्जरको ‘नगदपति’बम्पर पुरस्कार प्रदान

पोखरा, ५ असोज /बर्जर पेन्टसले घरधनी योजना ‘नगदपति’का भाग्यशाली विजेताहरूलाई नगद पुरस्कार प्रदान गरेको छ । बर्जरले पोखरामा आयोजीत कार्यक्रममा नगद पुरस्कार वितरण गरेको हो । लकी ड्र मार्फत् १० लाख जित्न सफल स्याङजाकी यम कुमारी गुरूङलाई पोखरा शाखाको प्रमुख चन्द्र शेखर दासले नगद हस्तान्त्ररण गरेका थिए ।

यम कुमारीले स्याङजामा रहेको साढे दुई तले घरमा बर्जर पेन्टस लगाउदा लक्की ड्र मा परेर जित्न सफल भएकी हुन् ।
त्यसै गरि पोखराका धर्म राज थापाले प्रथम पुरस्कार स्वरूप नगद १ लाख जित्न सफल भए । यसै गरी पोखरा क्षेत्रका उत्कृष्ट घरधनीहरूको रूपमा छनोट भइ दिलिप गुरूङले प्रथम पुरस्कार स्वरूप १ लाख जित्न सफल भएका छन् । त्यसै गरि टेक माया अर्याल ढकालले दोस्रो हुदै ५० हजार, जमुना सुवेदीले तृतीय हुदै २५ हजार प्राप्त गरे । विष्णु माया गुरूङ, सम्ंझना गुरूङ, गोपीराज पहारी, मन्दु गुरूङ, समुद्र गुरूङ, प्रकाश क्षेत्री र पर्शु राम पुरीले १०/१० हजार जित्न सफल भए ।

त्यसै गरी राम प्यारी कुमाल, सोम थापा, केशरी कुमारी गुरूङ, तिर्थ माया गुरूङ र प्रमिला श्रेष्ठ पोखरा क्षेत्रका शहरोन्मुख सहरहरु अन्तर्गतकाउत्कृष्ट घरधनीको घोषित हुदै १५/१५ हजार जित्न सफल भएका छन् । यस घरधनी योजनामा ३,००० भन्दा बढी घरधनीहरूको सहभागी भएका थिए । बर्जरले पेन्टस प्रयोग गरि घरको फोटो खिचेर पठाएकाबाट उत्कृट छनौट गरि पुरस्कार वितरण गरेको हो ।

कमेन्टहरु
Loading...