पर्यटकीय स्थल सराङकोटमा गाँजा फडानी

पोखरा,४ असोज/ पोखरा लेखनाथ महानगरपालिका वडा नं.१८ सराङकोटको भकुण्डे क्षेत्रमा बुधबार गाँजा फडानी गरिएको छ । मिलन आमा समुह, भकुण्डे टोल विकास संस्था र प्रहरी चौकी पामेको संयुक्त टोलीले आज विहानै क्यनचोक र भकुण्डेका घरघरमा पुगेर वारीमा संरक्षण गरेर राखेको गाँजा फडानी गरि नष्ट गरेको हो ।

पोखराको महात्वपूर्ण पर्यटकीय क्षेत्रलाई गाँजा, मादक पदार्थ लगायतका विभिन्न कूलतबाट समाजलाई जोगाउन शुरु गरिएको अभियानमा सवै पक्षबाट सहयोग प्राप्त भएको मिलन आमा समुहका अध्यक्ष मीना थापाले जानकारी दिनुभयो ।दूव्र्यसनको शुरुवात गाँजाबाट हुने हुँदा यसको जरैबाट अन्त्य गर्ने उदेश्यलेका साथ संचालन गरिएको अभियानले युवा वर्गमा लागुपदार्थ सम्वन्धि चेतना अभिवृद्धि भएको भकुण्डे टोल विकास संस्थाका अध्यक्ष वुद्धि खड्का बताउनु हुन्छ ।

प्रहरी चौकी पामेका प्रमुख डिल बहादुर भण्डारीका अनुसार संयुक्त टोलीले सो क्षेत्रका पामेगैरी,सेदीवगर , डाँडाखेल, भकुण्डे लगायतका विभिन्न स्थानबाट सयौ कुण्टल गाँजा फडानी गरिएको जानकारी दिदै निकट भविष्यमा पोलेनपा २४ को कमवानपुरमा समेत गाँजा फडानी गरिने बताउनु भयो ।

फडानी गरि संकलन गरिएको गाँजालाई कतिपय स्थानीयस्तमै र बाँकी प्रहरीचौकीमा लगेर जलाएर नष्ट गरिदै आएको बताउँदै उहाँले भन्नुभयो अभियानमा विभिन्न संघसंस्था र स्थानीयवासिन्दाको महत्वपूर्ण सहयोग रहदै आएकोछ । कास्की जिल्लाको पाँच वटै स्थानीय निकायमा पछिल्लो समय प्रहरी र स्थानीयवासिन्दाको पहलमा गाँजा फडानी, जुवातास नियन्त्रण, मादक पदार्थ सेवा लगायतका समाजमा देखिएका विकृति र विसंगतीको अन्त्य गरि सभ्य समाज निर्माण सामुहिक प्रयास प्रभावकारी बन्दै गएकोछ ।

कमेन्टहरु
Loading...