डन गणेश लामा न्यायिक हिरासतमा

२ साउन, काठमाडौं । गुण्डागर्दी गरेर अवैध सम्पत्ति कमाएको अभियोग लागेका डन गणेश लामा बुधबार विशेष अदालतमा हाजिर भएका छन् । थुनछेक बहस नसकिएपछि लामालाई न्यायीक हिरासतमा पठाइएको छ ।

ganesh-lamaलामा बाबु, भाई र दलबलसहित विहान १० बजेतिर अदालतमा उपस्थित भएका थिए । लामाले अदालतमा पेश गरको बयानमा आफ्नो सम्पत्ति अवैध नभएको तथा कम्स्ट्रक्सन कम्पनीबाट कमाएको दावी गरेका छन् ।

बयानपछि दिउँसो अदालतका अध्यक्ष केदारप्रसाद चालिसे तथा सदस्यद्वय मोहनरमन भट्टराई र भुपेन्द्रप्रसाद राईको संयुक्त इजलासमा सुनुवाई भएको थियो । बहस नसकिएकाले लामालाई प्रहरी प्रभाव सिंहदरवारमा न्यायीक हिरासतमा पठाइएको रजिष्टार धिरबहादुर चन्दले अनलाइनखबरलाई जानकारी दिनुभयो । उहाँका अनुसार सरकारी वकिलको तर्फबाट बहस सकिएको छ भने भोलि बिहीबार प्रतिवादीका वकिलहरुको तर्फबाट बहस हुनेछ । दुबै पक्षको बहसपछि लामालाई धरौटीमा रिहा गर्ने कि थुनामा पठाउने भन्ने निर्णय हुनेछ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामासहितका ५ डनविरुद्ध जेठ ३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य समेत रहेका लामालाई २७ करोड १ लाख ६१ हजार अवैध सम्पत्ति कमाएको अभियोग छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...