एनआइसी एसियाको वित्तीय साक्षरता ¥याली

पोखरा, ३ असोज /एनआइसी एसिया बैंक क्षेत्रीय कार्यालय पोखराकोे आयोजनामा मंगलबार ‘वित्तीय साक्षरता ¥याली’ भएको छ ।

पोखराको महेन्द्रपुलबाट चिप्लेढुङगा हुँदै न्युरोड, सभागृचोक, पृथ्वीचोक, सिर्जनाचोक, जिरोकिलोमिटर हुँदै हल्लनचोक लेकसाइडमा पुगेर ¥याली समापन गरिएको क्षेत्रीय प्रवन्धक दीपेन्द्र शर्माले जानकारी दिए । पोखरामा रहेका ६ वटा शाखाका कर्मचारीहरु ¥यालीमा सहभागी भएका थिए ।

‘हाम्रो समुन्नति, राष्ट्रको उन्नति’ नाराका साथ सामाजिक उत्तरदायित्व अन्तर्गत ¥याली आयोजना गरिएको शर्माले बताए । २०औं वार्षिकोत्सवको सन्दर्भमा कार्यक्रम गरिएको हो । मंगलबार देशका अध्यक्ष क्षेत्रहरुमा पनि ¥याली भएका छन् । गत शनिबार काठमाडौंमा केन्द्रीय कार्यालयको आयोजनामा ¥याली भएको थियो ।

कमेन्टहरु
Loading...