बाढीपिडीतलाई एनआरएनको ५० लाख सहयोग

२ साउन, काठमाडौं । बिश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुले नेपालका बाढिपिडीतहरुका लागि एकमुष्ठ ५० लाख रुपैयाँ सहयोग गरेका छन् ।

nrnगैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेको नेतृत्वमा बुधबार सिंहदरवार पुगेको एनआरएन टोलीले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई ५० लाखको चेक हस्तान्तरण गर्नुभयो । हस्तान्तरण गरिएको रकम ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’मार्फत् पिडीत परिवारसमक्ष पुग्ने छ ।

सो अबसरमा मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले बिदेश बस्ने नेपालीहरुले नेपालमा पिडा रहेका नेपालीहरुका लागि गरेको हातेमालोप्रति धन्यबाद दिनुभयो ।

गैरआवासीय नेपाली संघको गत जुन २१ देखि २३ तारिखमा सम्पन्न युरोप क्षेत्रीय सम्मेलनका दौरान एनआएरनले सहयोग संकलन अभियान थालेको थियो । सोही आह्वानअनुसार बिश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुले संकलन गरेको रकमको पहिलो किस्ता राहत कोषलाई हस्तान्तरण गरिएको गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशक राजेश रानाले जानकारी दिनुभयो । सहयोग जम्मा हुने क्रम जारी रहकाले अर्को किस्ता फेरी बुझाइने उहाँले जानकारी दिनुभयो ।

भेटका अबसरमा एनआरएन अध्यक्ष जीवा लामिछानेले गैरआवासीय नेपालीहरुलाई मतदानको अधिकार, गैरआवासीय नेपाली संघको दर्ता र गैरआवासीय नेपाली संघको आगामी अक्टुवर महिनामा काठमाण्डौमा हुने सम्मेलनबारे रेग्मीलाई जानकारी गराउनुभएको थियो । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...