पोखराको कास्कीकोटमा पौडी खेल्दा डुबेर एक जना बेपत्ता

पोखरा, २९ भदौ /पोखरा लेखनाथ महानगर पालिका २४ कास्कीकोटमा पोखरीमा डुबेर एक शिक्षक बेपत्ता बनेका छन् । सोही निजी विद्यालयमा पढाउने २१ बर्षिय शिव प्रसाद तिमिल्सिनाको ठुली पोखरीमा डुबेर बेपत्ता भएका हुन् ।

तीन जना भएर पोखरीमा पौडी खल्न गएको र त्यस मध्ये शिव डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता उनको साझँ गोताखोरको टोलीले खोजी गरे पनि नभेटिएको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार विहानबाट फेरी गोताखोरको खोजी नर्गे बताइएको छ ।

कमेन्टहरु
Loading...