बुढिगण्डकी जलविद्युत ठेक्का दिदा अरबैं चलखेल – कमल थापा

सागर राज तिमिल्सिना
पोखरा, २९ भदौ/राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले बुढि गण्डकी जलविद्युत आयोजनाको ठेक्का दिदा अरबैंको चलखेल भएको बताएका छन् । मिडिया नेपाल कास्कीले पोखरा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले बुढि गण्डकी जलविद्युत आयोजनाको ठेक्कादिदा अरबौंको चलखेल भएको हुन सक्ने बताए । उनले ठेक्कालाई पुनराअलोकन गर्नु माग समेत गरे ।

‘सरकार परिर्वतन हुने अन्तिम समयका किन ठेक्का दियो ?’ थापाले भने, ‘ठुलो रकमको चलखेल भएको छ, ठक्काको पुनराअवरोकन हुनु पर्दछ ।’ उनले नेपाल आयल निगम जग्गा खरिदमा निगमका महाप्रबन्ध मात्रै नभएर मन्त्री देखि ठुला दलका नेता सम्म संलग्न रहेको आरोप दोहोराए । थापाले आयल निगमको भ्रष्ट्राचार दिनुहु संचार माध्येममा आउदा पनि सरकार कार्वाही नगरी बसेको बताए ।

अध्यक्ष थापाले दशैं र तिहार वीचको समयमा पार्टीले मेची महाकाली राष्ट्रिय स्वाभीमान यात्रा गर्ने र यो यात्राको क्रममा मुलुकले भोग्नु परेका समस्याको वारेमा जनतालाई सचेत वनाई हिन्दूत्वको भावना जागृत गने बताए । मुलुकमा निर्वाचनको मिति घोषणा भइसकेको र निर्वाचन आयोगले आचारसंहित लागु गरिसकेपछि पनि सरकार र सत्तारुढ दलहरुबाट वारम्वार आचारसंहिता उल्लघंन गरिएको बताए । उनले आयोगले यसप्रति सवैमा ध्यानाकर्षण गराएता पनि कार्यान्वयन पक्ष कमजोर देखिएको बताए ।

 

कमेन्टहरु
Loading...