बाल उपचार केन्द्रमा अब फोटो थेरापी सेवा

सागर राज तिमिल्सिना
पोखरा, २ साउन / बालबालिकाको उपचारका लागि पोखरामा सन्चालन भैरहेको बाल उपचार केन्द्रले थप सेवा विस्थार गरेको छ । पोखरा ८ सिमल चौरमा रहेको बाल उपचार केन्द्रले फोटो थेरापी शुरु गरेको हो । नवजात शिशुमा देखिने जेन्डिसको उपचारमा फोटो थेरापी प्रयोग हुने गरेको छ ।

नवजात शिशुमा देखिने जेन्डिसलाई विजुलीबाट सेकाई उपचार गर्ने विधिलाई फोटो थेरापी भन्निछ । पछिल्लो समयमा नवजात शिशुमा जेन्डिस धेरै देखिन थाले पछि उनिहरुको उपचारलाई मध्ये नजर गरेर सेवा शुरु गरेको केन्द्रकी निर्देशक सुष्मा खनालले बताइन् ।

सयम नपुगी जन्मीएका तथा शल्यक्रिया गरि जन्मिएका नवजात शिशुमा जेन्डिस बढि देखिने गरेको बालरोग विषेशज्ञ डाक्टर यज्ञराज सिग्देलले जानकारी दिए । उनले सयम पुगेर जन्मीएका शिशुमा सयमा १५ जनामा जेन्डिस देखिने र समय नपुगी जन्मीएका शिशुमा सयमा ५० जनामा जेन्डिस देखिने गरेको सिग्देलले बताए ।

उनले जेन्डीस बेलैमा उपचार नभएर अन्य दिर्घरोग लाग्ने बनाउदै ज्यान समेत जान सक्ने बताए । डाक्टर सिग्देलले जेन्डीसको कलिलो अवस्थामा विहानी घाममा राख्दा पनि सन्चो हुने बताउदै धेरै देखिएमा उपचार गर्नुपर्ने बताए । जन्मेको ३ दिन देखि जेन्डिस देखिन सक्ने उनले बताए ।

 

 

 

कमेन्टहरु
Loading...