डन गणेश लामा विशेष अदालतमा हाजिर

२ साउन, काठमाडौं । गुण्डागर्दी गरेर अवैध सम्पत्ति कमाएको अभियोग लागेका डन गणेश लामा बुधबार विशेष अदालतमा हाजिर भएका छन् ।

अहिले अदालतका अध्यक्ष केदारप्रसाद चालिसेसहितको इजलासमा थुनछेक बहस भइरहेको रजिष्टार धिरबहादुर चन्दले अनलाइनखबरलाई जानकारी दिनुभयो । दुबै पक्षको बहसपछि लामालाई धरौटीमा रिहा गर्ने कि थुनामा पठाउने भन्ने निर्णय हुनेछ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामासहितका ५ डनविरुद्ध जेठ ३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य समेत रहेका लामालाई २७ करोड १ लाख ६१ हजार अवैध सम्पत्ति कमाएको अभियोग छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...