सम्पर्क मञ्चको पहलमा राहत वितरण

पोखरा, २० भदौ /वर्दिया पोखरा संम्पर्क मञ्चको पहलमा पश्चिम नेपाल विकास मञ्चले वर्दियाका वाढीपीडितलाई राहत वितरण गरिएको छ । वर्दियाको वासगडी नगरपालिका ९ र ठाकुरवावा नगरपालिका ७ का पीडितहरुलाई खाद्यान्न, लत्ताकपडा लगाएतका तत्कालका लागि आवस्यकपर्ने सामानहरु वितरण गरेको हो ।

एक सय चार घर परिवारलाई सो राहत वितरण गरिएको वर्दिया पोखरा सम्पर्क मञ्चका अध्यक्ष दिपक पौडेलले जानकारी दिए । राहत वितरण कार्यक्रममा अति कमजोर अपांग र वेसाहारा चार जना वच्चाहरुलाई निशुल्क पढ्न चाहेसम्मको शिक्षा खाना र वस्नको व्यवस्था गर्ने विकास मञ्चका संरक्षक गोपाल प्रसाद भुषालले जानकारी दिए ।

सम्पर्क मञ्चका अध्यक्ष पौडेलले वर्दियावाट पोखरा आएर वसेकाहरु र वर्दियामै रहेकाहरुलाई कुनै पनि समस्या पर्दा संस्थागत सहयोग गर्ने अभियान स्वरुप राहत वितरण गरेको जानकारी दिए ।

असाहय र असक्तको लागि सहयोगी वन्दै पश्चिम नेपाल विकास मञ्चले विशेषगरी शिक्षाका क्षेत्रमा विपन्न र गरिव विद्यार्थीहरुलाई सहयोग गर्दै आईरहेको छ । सम्पर्क मञ्चका अध्यक्ष पौडेलको पहलमा दुई वर्ष अगाडी पनि अशाहय असक्तहरुलाइृ दशै खर्च वितरण गरेका थिए ।

कमेन्टहरु
Loading...